मंगलबार , असार १, २०७८

भेरी अस्पताल घटना छानविन प्रतिवेदनप्रति स्वास्थ्यकर्मीहरु कै असन्तुष्टि

भेरी अस्पताल घटना छानविन प्रतिवेदनप्रति स्वास्थ्यकर्मीहरु कै असन्तुष्टि

२० जेठ, काठमाडौं । गत जेठ १३ गते बाँकेको नेपालगन्ज भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण तथा अस्पताल तोडफोड घटनाबारे सत्यतथ्य बुझ्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

घटनाहुनुमा अस्पताल प्रशासनका समेत कमजोरी औंल्याएको २५ पृष्ठ लामो प्रतिवेदनमा स्वास्थ्य ऐन नै परिमार्जन गर्नुपर्नेदेखि भेरी अस्पतालमा कर्मचारीको पदपूर्ति गरिनु पर्ने  सुझाब समेत अटाएका छन्। घटना सुनियोजित नभई बिरामीको मृत्युपछि उनका आफन्त तत्काल आवेगमा आएर डाक्टर र नर्समाथि कुटपिट गरेको भन्ने निष्कर्ष प्रतिवेदनले निकालेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

घटनको प्रतिवेदलाई लिएर स्वास्थ्यकर्मीले असन्तुष्टि पोखेका छन् । सत्यतथ्य बुझ्न बनेको छानबिन समितिले नै स्वास्थ्यकर्मीलाई थप पीडा दिने गरी प्रतिवेदन दिएको र राजनीतिक आस्थाका आधारमा दोषी जोगाउने प्रयास गरिएको  प्रतिक्रिया दिएका छन् ।

गत जेठ १३ गते बेलुकी ८ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाई एवम मुख्यमन्त्री शंकर पोख्रेलका विश्वासपात्र, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावत लागायतले अस्पतालमा रहेका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नुका साथै अस्पतालको आइसियु कक्ष नै तोडफोड गरेका थिए।

स्वास्थ्यकर्मीमाथि भएको उक्त घटनालाई लिएर अस्पतालका स्वास्थ्यकर्मीका  साथै देशैभरका स्वास्थ्यकर्मी विरोधमा उत्रिएपछि सरकारले घटनाबारे छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन गरिएको थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय