मंगलबार , असार ८, २०७८

एम्बुलेन्स र ट्रक ठोक्किँदा १ को मृत्यु,अन्य ३ घाइते

एम्बुलेन्स र ट्रक ठोक्किँदा १ को मृत्यु,अन्य ३ घाइते

२० जेठ,मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गतको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा एम्बुलेन्स र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको वाग्मती नगरपालिका–४ का ६६ वर्षीय जीतबहादुर थिङ रहेको प्रहरीले जनाएको छ ।

मृतक थिङको भरतपुरबाट कोरोना सङ्क्रमणको उपचारपछि डिस्चार्ज भई एम्बुलेन्समा घर फर्किने क्रममा दुर्घटना भएको हो । त्यस्तै दुर्घटनामा अन्य तीन घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

मृतक थिङ चढेको प्र१००५च ३६३८ नं को एम्बुलेन्सले सोही दिशाबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख ४३८० नंको ट्रकसँग ठक्किएर दुर्घटना भएको हो । एम्बुलेन्समा सवार अन्य तीन जना घाइते भएको र उनीहरुको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय