मंगलबार , असार ८, २०७८

चार वर्षमा हुलाकी सडकको २५ किलोमिटर कालोपत्रे

चार वर्षमा हुलाकी सडकको २५ किलोमिटर कालोपत्रे

२० जेठ,महेन्द्रनगर । सडक निर्माणको दोब्बर समय सकिन लाग्दा समेत कञ्चनपुरको हुलाकी सडक निर्माण अझै सम्पन्न हुन् सकेको छैन् । २०७३ फागुनमा डोकेबजार देखि दैजीसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणका लागि सम्झौता गरिएको थियो ।

हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका सूचना अधिकृत इञ्जिनियर पदमबहादुर मडैले तीस महिनाभित्र सक्नु पर्ने काम अहिले २५ किलोमिटर मात्रै कालोपत्रे भएको बताए । तीन वटा प्याकेजमा निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको ढिलासुस्ती र कोरोना कहरका कारण समयमा सम्पन्न हुन नसकेको हो । “ पटक पटक निर्माणका लागि सयम थप गर्दा पनि काम भएन”, इन्जिनियर मडैले भने, “ अहिले पनि कोरोना अवधिमा रोकिएकाले ६ महिना म्याद थप गर्ने भनिएको छ तर माथिबाट परिपत्र आएको छैन ।” कोरोनाको दोस्रो लहरमा थला परेको सडक निर्माण सरकारले निर्माणमा अवरोध नगर्ने भनेपछि पुनः शुरु हुने सुरसारमा छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

त्यसैगरी हुलाकी सडकको बीच खण्डमा पर्ने (बेलौरी–बेल्डाडी) बेलौरी नगरपालिका ८ पचुँइ क्षेत्रमा भने लामो समयदेखि भारतीय पक्षले एक हजार दुई सय मिटर सडक निर्माणमा अवरोध गर्दै आएको छ । इञ्जिनियर मडैका अनुसार पहुँइमा भारतीय पक्षले लामो समयदेखि सडक निर्माणमा अवरोध गर्दै आएपनि त्यसको अझै समाधान खोजिएको छैन् । “ त्यहाँ जिपिएस नक्साका माध्यमबाट सडक क्षेत्र भारतले आफ्नो दाबी गर्दै काम गर्न दिँदैन”, इञ्जिनियर मडैले भने, “ स्थानीय प्रशासनले सो विषय दुई पक्षको संवादमा हल गर्नु आवश्यक छ ।” भारतले त्यहाँ ३८ नं सीमा स्तम्भलाई आधार मानेर विवाद गर्दै आएको स्थानीयको भनाई छ । उक्त १२ सय मिटर सडक निर्माण कम्पनीले कालोपत्रे गर्ने तयारी गरिरहदा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले अवरोध गरेको बताइएको छ । रु १ अर्व ९ करोड भन्दा बढी लागतको उक्त आयोजना समयमा सम्पन्न भए कञ्चनपुरको दक्षिण क्षेत्रका नागरिकहरुलाई आवागमनमा निकै सहज हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पोखरा फाइनान्ससहित ६ कम्पनीको शेयरमूल्यमा उच्च गिरावट पोखरा फाइनान्ससहित ६ कम्पनीको शेयरमूल्यमा उच्च गिरावट ६ घण्टा पहिले
सरकारी कार्यालयका कल डिटेल सार्वजनिक गरौं सरकारी कार्यालयका कल डिटेल सार्वजनिक गरौं १० घण्टा पहिले
योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति १७ घण्टा पहिले
देउवा प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफलमा देउवा प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफलमा १४ घण्टा पहिले
एमालेमा बन्नै लागेको सहमति संकटमा एमालेमा बन्नै लागेको सहमति संकटमा ४ घण्टा पहिले
गर्मीमा रोहित मास्केको चिसो चिसो हावा चल्यो गर्मीमा रोहित मास्केको चिसो चिसो हावा चल्यो ९ घण्टा पहिले
योग र ध्यान अनुसरण गर्न सके महाव्याधिबाट छुट्कारा मिल्छः प्रदेश प्रमुख पौडेल योग र ध्यान अनुसरण गर्न सके महाव्याधिबाट छुट्कारा मिल्छः प्रदेश प्रमुख पौडेल १० घण्टा पहिले
पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु ६ घण्टा पहिले