बुधबार , असार २, २०७८

अरुण भ्याली हाइड्रोपावरले ४ लाख ३६ हजार कित्ता शेयर बिक्री गर्ने

अरुण भ्याली हाइड्रोपावरले ४ लाख ३६ हजार कित्ता शेयर बिक्री गर्ने

२० जेठ, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले नबिकेको शेयर लिलामीमा विक्री गर्ने भएको छ ।

कम्पनीले हालै हकप्रद निष्कासन गरेको हो । उक्त निष्कासन गरेको शेयरमध्येको बिक्री नभएको ४ लाख ३६ हजार ८८४ कित्ता शेयर लिलामीमा विक्री गर्ने छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कम्पनीले ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर गत वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म निष्कासन गरेको थियो । उक्त हकप्रद शेयरमा रितपूर्वक आवेदन दिने २२ हजार ७०६ जना शेयरधनीले ४८ लाख ४ हजार ३१३ कित्ता शेयर पाएका थिए । सो आधारमा विक्री नभएको शेयर लिलामीमा आउने भएको हो ।

हकप्रद शेयर निष्कासन बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी  १ अर्ब ५७ करोड २३ लाख ५९ हजार पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय