मंगलबार , असार ८, २०७८

विभिन्न स्थानबाट ७८ वटा अक्सिजन सिलिन्डर संकलन

विभिन्न स्थानबाट ७८ वटा अक्सिजन सिलिन्डर संकलन

२० जेठ, काठमाडौं । नेपाल प्रहरीले देशभरका विभिन्न स्थानबाट ७८ वटा अक्सिजन सिलिन्डर संकलन गरेको छ । प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ७८ वटा भरेको अक्सिजन सिलिन्डर संकलन गरेको हो ।

संकलन गरिएका सबै सिलिन्डर बिहीबार कोभिड अस्पताललाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ । आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर संकलन गरी उपलब्ध गराइएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

नेपाल प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म जम्मा १० हजार ६ सय ३० वटा सिलिन्डर संकलन गरी कोभिड अस्पताल, स्वास्थ्य कार्यालय र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ ।

यस विषम परिस्थितिमा अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिहरूसँग आवश्यकता भन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डरहरू उपलब्ध गराई सहयोग गर्न नेपाल प्रहरीले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध, सवारीसाधन ठप्प पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध, सवारीसाधन ठप्प २ दिन पहिले
ठाकुर-महतो सत्तारोहण: मुल्लाह की दौड मस्जिद तक ! ठाकुर-महतो सत्तारोहण: मुल्लाह की दौड मस्जिद तक ! २ हप्ता पहिले
आईपीओ निष्कासन प्रस्ताव पारित गर्न आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा आईपीओ निष्कासन प्रस्ताव पारित गर्न आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा ३ हप्ता पहिले
सरकारले घोषणा गरेको भत्ता चिकित्सकले अझै पाएनन् सरकारले घोषणा गरेको भत्ता चिकित्सकले अझै पाएनन् ३ हप्ता पहिले
एनआईसी एशियाका खाता अनलाइनबाटै कनेक्ट आईपीएस ‘भेरिफाई’ गर्न सकिने एनआईसी एशियाका खाता अनलाइनबाटै कनेक्ट आईपीएस ‘भेरिफाई’ गर्न सकिने ३ हप्ता पहिले
भेडासँग जीवन विताएका मनबहादुरको अमेरिका घुम्ने रहर भेडासँग जीवन विताएका मनबहादुरको अमेरिका घुम्ने रहर २ हप्ता पहिले
मन्त्री भण्डारीबाट कर्मचारीलाई निर्देशन मन्त्री भण्डारीबाट कर्मचारीलाई निर्देशन २ हप्ता पहिले
प्रेस स्वतन्त्रता विरोधी र अन्तर्राष्ट्रिय मान्यता प्रतिकूलका प्रावधानप्रति प्रेस काउन्सिलको गम्भीर आपत्ति प्रेस स्वतन्त्रता विरोधी र अन्तर्राष्ट्रिय मान्यता प्रतिकूलका प्रावधानप्रति प्रेस काउन्सिलको गम्भीर आपत्ति ३ दिन पहिले