बुधबार , असार २, २०७८

नेपालमा कुनै नयाँ भेरियन्ट फेला नपरेको मन्त्रालयकाे पुष्टि

नेपालमा कुनै नयाँ भेरियन्ट फेला नपरेको मन्त्रालयकाे पुष्टि

२० जेठ,काठमाडौं । नेपालमा कोभिड–१९ को कुनै नयाँ भेरियन्ट नभेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यममा आएको नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको निराधार समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपालमा कुनै नयाँ भेरियन्ट फेला नपरेको पुष्टि गरेका छन् ।

अहिले नेपालमा कोभिड–१९ को भेरियन्ट अफ कन्र्सनभित्र परेका ‘अल्फा (B.1.1.7),’ र ‘डेल्टा (B.1.617.2)’ मात्र भेरियन्ट गरेको र पछिल्लो समय देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट डेल्टा (B.1.617.2)मात्र सक्रिय रहेको उनले जानकारी दिएका छन् । विश्व स्वास्थ्य सङ्गठनले भेरियन्ट अफ कन्र्सनभित्र परेका र विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘अल्फा’, ‘गामा’, ‘काप्पा’ छुट्टाछुट्टै नाम दिइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

“जनस्वास्थ्यका विषयमा स्वास्थ्य मन्त्रालयबाट आधिकारिक सूचना जानकारी नदिई त्यस किसिमको भ्रमक समाचार सम्प्रेषण नगरी जिम्मेवार बनिदिन र त्यस किसिमका गतिविधि गर्ने गराउने सञ्चारकर्मी र सञ्चारमाध्यमलाई मन्त्रालय जिम्मेवार बन्न सचेत गराउँछ”, मन्त्रालयका प्रवक्ता डा. पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले संक्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्न गराउन भूमिका बढाउन सवैलाई अपिल गरेको छ । यसैबीच विश्व स्वास्थ्य सङ्गठन नेपालले पनि नेपालमा नयाँ भेरियन्ट कुरा जानकारी नभएको स्पष्ट पारेको छ । सङ्गठनले नेपालमा रहेका भेरियन्टहरू अल्फा (B.1.1.7), डेल्टा (B.1.617.2) र काप्पा (B.1.617.1) हुन् र यीमध्ये अहिले डेल्टा सक्रिय रहेको भेरियन्ट रहेको जनाएको छ ।

health ministry notice 0362021010921 1000x0 1

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रदेश नं १ मा ३२ अर्व ४६ करोड ९२ लाखको विनियोजन [ पूर्णपाठ ] प्रदेश नं १ मा ३२ अर्व ४६ करोड ९२ लाखको विनियोजन [ पूर्णपाठ ] १८ घण्टा पहिले
कलाकार घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालन कलाकार घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालन २३ घण्टा पहिले
मुगुमा प्रवासी नेपालीद्धारा अक्सिजन सिलिण्डर सहयोग मुगुमा प्रवासी नेपालीद्धारा अक्सिजन सिलिण्डर सहयोग १९ घण्टा पहिले
अन्नपूर्णको युवालाई स्वरोजगार कार्यक्रम प्राथमिकतामा अन्नपूर्णको युवालाई स्वरोजगार कार्यक्रम प्राथमिकतामा २२ घण्टा पहिले
बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य प्रभावकारी बनाउन प्रचण्डको आग्रह बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य प्रभावकारी बनाउन प्रचण्डको आग्रह १ घण्टा पहिले
बेलाघाट टापुमा फसेका चारको सेनाले गर्यो उद्धार बेलाघाट टापुमा फसेका चारको सेनाले गर्यो उद्धार २२ मिनेट पहिले
कोरोना महामारीमा नेपाललाई सहयोग गर्न एम्नेष्टी युकेको आग्रह कोरोना महामारीमा नेपाललाई सहयोग गर्न एम्नेष्टी युकेको आग्रह २३ घण्टा पहिले
फरवार्ड लघुवित्तको संस्थापक शेयर भोलिदेखि लिलामीमा आउँदै फरवार्ड लघुवित्तको संस्थापक शेयर भोलिदेखि लिलामीमा आउँदै ५ घण्टा पहिले