बुधबार , असार २, २०७८

बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दै

बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दै

२० जेठ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन् । सरकारी निवास बालुवाटारमा बैठक अहिले केहीबेरमा बस्ने छ । आज बोलाइएको बैठक नियमित बैठक हो ।

आजको बैठकमा वर्तमान अवस्थाबारे छलफल हुने बताइएको छ । बैठक नियमित भएपनि बैठकमा महत्वपूर्ण विषयमा छलफल तथा निर्णयसमेत हुनसक्ने स्रोतले बताएको छ । । बैठकमा कारागारमा रहेका जनता समाजवादी पार्टी ‘जसपा’ का नेता कार्यकर्ता रिहा तथा मुद्दा फिर्तासम्बन्धी केही निर्णय हुनसक्ने  बताइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

मन्त्रिपरिषद बैठकअगावै जसपा नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलगायतका नेताहरु बालुवाटार पुगिसकेका छन् । सरकार र थरुहट संघर्ष समितिबीच हालै भएको वार्तामा टीकापुर घटनालगायत विभिन्न आन्दोनमा पक्राउ परेका र मुद्दा चलेकाहरूको रिहाइ र मुद्दा फिर्ताको पहल गर्ने सहमति भएको थियो ।

आजै ४ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक भने ओलीले अन्तिम समयमा आएर स्थगित गरेका छन् । ठाकुर—महतोपक्षीय जसपाले ओली नेतृत्वकै सरकारमा जाने बताइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य प्रभावकारी बनाउन प्रचण्डको आग्रह बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य प्रभावकारी बनाउन प्रचण्डको आग्रह ५८ मिनेट पहिले
गण्डकीमा कृषि आधुनिकीकरण देखि जग्गा चक्लाबन्दी प्राथमिकतामा गण्डकीमा कृषि आधुनिकीकरण देखि जग्गा चक्लाबन्दी प्राथमिकतामा २४ घण्टा पहिले
महालक्ष्मी विकास बैंकले १ लाख ६६ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै महालक्ष्मी विकास बैंकले १ लाख ६६ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै ४ घण्टा पहिले
किन युवती पाका उमेरका पुरुष छान्छन् ? किन युवती पाका उमेरका पुरुष छान्छन् ? ६ घण्टा पहिले
रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलको शानदार जित रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलको शानदार जित ५ घण्टा पहिले
नेपाल बैंकले डिबेञ्चर रजिष्ट्रारमा नियुक्त गर्यो नबिल इन्भेष्टमेण्ट बैकिङलाई नेपाल बैंकले डिबेञ्चर रजिष्ट्रारमा नियुक्त गर्यो नबिल इन्भेष्टमेण्ट बैकिङलाई ३ घण्टा पहिले
सडकमा कोरोना बिर्साउने गरी ट्राफिक जाम: नागरिकको चहलपहल उस्तै ! सडकमा कोरोना बिर्साउने गरी ट्राफिक जाम: नागरिकको चहलपहल उस्तै ! २४ घण्टा पहिले
६ वाणिज्य बैंकसहित ११ कम्पनीको उच्च शेयर माग, कुनको कति ? ६ वाणिज्य बैंकसहित ११ कम्पनीको उच्च शेयर माग, कुनको कति ? १८ घण्टा पहिले