मंगलबार , असार १, २०७८

शुक्रबार प्रधानन्यायाधीशले बोलाए ‘फुल कोर्ट’को बैठक

शुक्रबार प्रधानन्यायाधीशले बोलाए ‘फुल कोर्ट’को बैठक

२० जेठ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘फुल कोर्ट’को बैठक बोलाएका छन्। प्रधानन्यायाधीश जबराले संवैधानिक इजलास गठनलगायतका विषयमा देखिएको समस्या समाधान, इजलास गठन सम्बन्धी नियमावली संशोधन र सर्वोच्चको सेवा विस्तारलगायतका विषयमा छलफल गर्नका लागि ‘फुल कोर्ट’को बैठक बोलाएका हुन् ।

भोलि ‘शुक्रबार’ बस्ने पूर्ण इजलासले सर्वोच्च अदालतले लिनैपर्ने महत्वपूर्ण प्रशासनिक निर्णयहरु हुने बताइएको छ । संवैधानिक इजलासमा संसद विघटनविरुद्ध विपक्षी गठबन्धनका सांसदहरुले दिएका मुद्धामा आइतबार सुनुवाई हुँदैछ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यसअघि संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा राख्न नमिल्ने तर्क रिट निवेदक तर्फका कानून व्यवसायीहरुले गरेका थिए । मंगलबारको संवैधानिक इजलासमा केसी र श्रेष्ठले आफूहरुले इजलासमा बस्नु नपर्ने कारण नरहेको राय दिएका थिए ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धा हेर्न गठित संवैधनिक इजालसमा तोकिएका दुई जना न्यायाधीश अलग भएपछि जेठ १८ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले २३ गते अर्को इजलास तोकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय