सोमबार , असार ७, २०७८

आईपीओ प्रस्ताव पारित गर्न आइएमई लाइफ इन्स्योरेन्सले बोलायो जेठ ३१ गते साधारणसभा

आईपीओ प्रस्ताव पारित गर्न आइएमई लाइफ इन्स्योरेन्सले बोलायो जेठ ३१ गते साधारणसभा

२१ जेठ, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो साधारण सभा जेठ ३१ गते गर्ने भएको छ ।

कम्पनीले सभा बिहानको १० बजे लैनचौरस्थित रजिष्टर्ड तथा कर्पोरेट कार्यालयमा भर्चुअल माध्यमबाट हुने बताएको छ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

सभाले आव २०७६/७७ को लागि लेखापरिक्षणको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै सभाले संस्थापक शेयरधनी एक्रश मनी ट्रान्सफर प्रालिकातर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक दिपक शर्मा पोखरेलको स्थानमा बाँकी कार्यकालका लागि संस्थापक शेयरधनी आइएमई जनरल इन्स्योरेन्सको तर्फबाट त्यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलाई कम्पनीको सञ्चालक समितिमा नियुक्ती गरेकोमा सो नियुक्तलाई अनुमोदन गर्नेछ ।

कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।आवश्यक प्रक्रिया पुरा गरेपछि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि आईपीओ निष्कासन गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार १८ घण्टा पहिले
खुमलटारमा प्रचण्डसँग मनाङेकाे भेट, राजनीतिक घटनाक्रमबारे छलफल खुमलटारमा प्रचण्डसँग मनाङेकाे भेट, राजनीतिक घटनाक्रमबारे छलफल १६ घण्टा पहिले
कोपा अमेरिका २०२१ पनि डिशहोममा प्रत्यक्ष हेर्न पाइने कोपा अमेरिका २०२१ पनि डिशहोममा प्रत्यक्ष हेर्न पाइने १८ घण्टा पहिले
तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग २ घण्टा पहिले
खेल मैदान निर्माणमा विवाद हुँदा वडा कार्यालयमा तालाबन्दी खेल मैदान निर्माणमा विवाद हुँदा वडा कार्यालयमा तालाबन्दी २ घण्टा पहिले
पहिरो खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग पुनः सञ्चालनमा पहिरो खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग पुनः सञ्चालनमा २० घण्टा पहिले
स्याङ्जामा केही खुकुलो हुँदै असार १५ सम्म लम्बियो निषेधाज्ञा स्याङ्जामा केही खुकुलो हुँदै असार १५ सम्म लम्बियो निषेधाज्ञा १७ घण्टा पहिले
हकप्रद निष्कासका लागि नारायणी डेभलपमेन्ट बैंकले धितोपत्र बोर्डमा दियो निवेदन हकप्रद निष्कासका लागि नारायणी डेभलपमेन्ट बैंकले धितोपत्र बोर्डमा दियो निवेदन ३ घण्टा पहिले