मंगलबार , असार ८, २०७८

६ कम्पनीले हकप्रद शेयर निष्कासन गर्दै, कुनको कति ?

६ कम्पनीले हकप्रद शेयर निष्कासन गर्दै, कुनको कति ?

२१ जेठ, काठमाडौं । शेयरबजारमा चार कम्पनीले हकप्रद निष्कासन गर्ने भएका छन् । शेयरबजारमा कर्पोरेट डेभलपमेन्ट बैंक, छ्याङ्दी हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, आइएमई जनरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र राधी विद्युत कम्पनीले हकप्रद निष्कासन गर्न लागेका छन् ।

हाल हकप्रद निष्कासनको लागि हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी अनुमति पाइसकेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक, छ्याङ्दी हाइड्रोपावर अनुमतिको पर्खाइमा रहेका छन् । त्यस्तै राधी विद्युत,शिखर इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स चाडै नै अनुमति माग्दै धितोपत्र बोर्ड जाने भएको छन ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

अपि पावर कम्पनी लिमिटेड

अपि पावर कम्पनी लिमिटेडले जेठ २० गते, (बिहीबार) बाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले १ बराबर ०:२९३८ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । आज जेठ २० गतेबाट बिक्रि खुल्ला गरिएको उक्त हकप्रदमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीलिमिटेड (एचआईडीसीएल) ले १:१ अर्थात् १ बारबार १ को अनुपातमा १०० रुपैयाँ अंकित दरमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट जेठ ९ गते, आइतबार अनुमति पाइसकेको छ ।

कम्पनीले हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि जेठ २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, जेठ २७ गते गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कर्पोरेट डेभलपमेन्ट बैंक

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले १:१.५ अनुपात अर्थात १५० प्रतिशत हकप्रद निष्कासन गर्नका लागि पुस २६ गते बोर्डमा निवेदन दिएको थियो । बैंकले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । बैंकले हकप्रद निष्कासनका लागि सिभिल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सेबोनबाट अनुमति पाएपश्चा्त कम्पनीले हकप्रद सेयर निष्कासन गर्नेछ ।

छ्याङ्दी हाइड्रोपावर कम्पनी

छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले १० बराबर ३ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति माग्दै वैशाख १५ गते बोर्डमा निवेदन दिएको छ । कम्पनीले ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको हो । कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय