चितवनमा नयाँ शैक्षिक सत्रको पाठ्यपुस्तक पुग्यो
नेपालबहस संवाददाता
जेठ २१, २०७८ शुक्रबार १७:१३:४८
२१ जेठ,चितवन । चितवनका विद्यालयहरुमा नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक आइसकेको छ । विद्यालयले अघिल्लो वर्षको नतिजा तयारी गर्दै गर्दा पाठ्यपुस्तक भने पुगिसकेका छन् । आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु गर्ने तयारीमा यहाँका विद्यालय छन् ।
जनक शिक्षा सामग्री केन्द्र भरतपुरका निमित्त प्रमुख केदारराज बिष्टका अनुसार अहिले यस केन्द्रमा कक्षा ४ देखि ११ सम्मका लागि आवश्यक पाठ्यपुस्तक आइसकेका छन् । उनका अनुसार केन्द्रमा अहिले १४ लाख ३५ हजार ९१८ थान पुस्तक आइसकेका छन् । उनले भने, “कक्षा ६ मा तीन विषयमा पाठ्यपुस्तक परिवर्तन भएकाले आउन बाँकी रहेको छ, ती पुस्तक पनि यही जेठ २३ गते आइतबारसम्म आइपुग्ने छन् ।”
पाठ्यपुस्तक परिवर्तन भएका सामाजिक, विज्ञान र स्वास्थ्य विषयका पुस्तक आउने क्रममा रहेको उनले बताए । तीन विषयका ७५ हजार किताब आउन बाँकी रहेको हो । यस केन्द्रले चितवनसहित बारा, पर्सा, रौतहट, मकवानपुर, बर्दघाट–सुस्ता पूर्व नवलपरासी, बर्दघाट–सुस्ता पश्चिम नवलपरासी, तनहुँ र गोरखा जिल्लामा पुस्तक उपलब्ध गराउँदै आएको छ ।
ती जिल्लाका ३४ व्यवसायीले आफ्नो व्यवसायलाई पाठ्यक्रम विकास केन्द्रमा सूचीकृत गरिसकेको र अन्य पनि सूचीकृत तथा नवीकरण हुन आउने क्रम जारी रहेको बिष्टले बताए । कोरोना कहरका कारण मुलुकको अवस्था सामान्य बनेर पठनपाठन पुनः सञ्चालन भएमा किताबको अभाव नहुने उनको भनाइ छ ।
केन्द्रले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छपाइ र वितरणका लागि निजी क्षेत्रलाई जिम्मा दिएकाले केन्द्रले वितरण नगर्ने उनले जानकारी दिए । आगामी शैक्षिक सत्रबाट कक्षा १२ को पुस्तक पनि जनक शिक्षाले नै वितरण गर्नेछ । अहिले केन्द्रको भरतपुर शाखामा रु १२ करोड ७९ लाख ९४ हजार ४९४ का पुस्तक आइसकेका छन् ।
जिल्लामा हाल कक्षा १ देखि १२ सम्म अध्ययन गरिरहेका विद्यार्थीको कूल सङ्ख्या एक लाख ५० हजारभन्दा बढी रहेको छ । त्यसमध्ये सामुदायिक विद्यालयमा अध्ययन गर्ने ७५ हजार ३३९ विद्यार्थीका लागि यस केन्द्रले पुस्तक पु¥याउने छ भने संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निजी क्षेत्रले पुस्तक उपलब्ध गराउँदै आएको छ । केन्द्रले आइसकेका पुस्तक यही जेठ २४ गतेदेखि वितरणको प्रक्रिया शुरु गर्ने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखाद्य सामग्री र पशुजन्य औषधि एकै ठाउँबाट बिक्री गर्नेलाई कारबाही
बैशाख २८, २०८१ शुक्रबार
धादिङको विद्यालयलाई माछापुच्छ्रे बैंकद्धारा सात थान कम्प्युटर र प्रिन्टर प्रदान
बैशाख २८, २०८१ शुक्रबार
स्वयम्भूमा लाग्ने वैशाख पूर्णिमा मेलालाई महानगरले व्यवस्थित गर्ने
बैशाख २८, २०८१ शुक्रबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
रविले चुनौती दिएपछि गगनले भने, ‘सबै स्वीकार छ, संसदीय समितिमा आउनुस्’
बैशाख २८, २०८१ शुक्रबार
गठबन्धनका नेताहरु सरकार जागोउन जे पनि गर्न तयार हुने, जनता रोइरहने ?
बैशाख २९, २०८१ शनिबार
भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै
बैशाख २९, २०८१ शनिबार
आइपिएलमा आज कोलकोता र मुम्बई भिड्दै
बैशाख २९, २०८१ शनिबार
काठमाडौंका यी ६६ स्थानमा बत्ती जाने (सूचीसहित)
बैशाख २९, २०८१ शनिबार
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र
बैशाख २९, २०८१ शनिबार
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान
बैशाख २९, २०८१ शनिबार