सीमा क्षेत्रबाट १० लाख बढीको मदिरा बरामद
नेपालबहस संवाददाता
जेठ २१, २०७८ शुक्रबार १९:२:५९
२१ जेष्ठ,पर्सा । नेपालबाट भारततर्फ अवैधरुपमा लैजाँदै गरेको रु १० लाखभन्दा बढी मूल्यको मदिरा प्रहरीले पर्साको नियन्त्रणमा लिएको छ । पर्साको छिपहरमाई गाउँपालिका—२ भिष्वा बन्जारीबाट ट्याक्टरमा राख्दै गरेको अवस्थामा उक्त मूल्य बराबरको ३०० कार्टुन मदिरा नियन्त्रणमा लिएको हो ।
नेपालबाट अवैध रुपमा मदिरा भारततर्फ निकासी भइरहेको गोप्य सूचनाको आधारमा कारवाही गर्दा रु १० लाख ६० हजार मूल्यबराबरको ३०० कार्टुन मदिरा बरामद भएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । उनले कोरोना संक्रमण नियन्त्रण गर्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै भारततर्फ जाँदै गरेको ट्याक्टरलाई रोकी जाँच गर्दा उक्त परिमाणको मदिरा बरामद भएको र ट्याक्टर चालक फरार भएको बताए । फरार रहेका ट्याक्टर चालकको खोजतलास भइरहेको र बरामद भएको मदिर तथा वाहनलाई आवश्यक कारवाहीका लागि आज वीरगन्ज भन्सार कार्यालयमा पठाएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार
धनुषामा नौ सयभन्दा बढीमा हात्तीपाइले रोग
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
बैशाख १४, २०८१ शुक्रबार
गणेशमान सिंह क्रिकेटमा सुदूरपश्चिम विजयी
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार