सोमबार , असार ७, २०७८

नागरिकता अध्यादेशविरुद्धकाे मुद्धा हेर्दाहेर्दैमा

नागरिकता अध्यादेशविरुद्धकाे मुद्धा हेर्दाहेर्दैमा

२१ जेठ, काठमाडौं । सबै रिटमाथिको सुनुवाइ नसकिएपछि नागरिकता अध्यादेशविरुद्धका मुद्धा हेर्दाहेर्दैमा राखिएको छ । शुक्रबार ४ रिटको सुनुवाइ भएको र २ वटाको सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबार वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका थिए । नागरिकता अध्यादेशविरुद्धका निवेदनको सुनुवाइका लागि वरिष्ठ न्यायाधीश सहभागी संवैधानिक इजलास गठन गरिएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रधानन्यायाधीश जबराको अध्यक्षतामा गठन गरिएको इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ‘पहिलो संशोधन’ अध्यादेश, २०७८ जेठ ९ गते जारी गरेकी थिइन् ।

सोही अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ताहरू विष्णुकुमारी गिरी, रामबहादुर शाही, कुलबहादुर बोगटी, वीरभद्र जोशी र मौलिक जरोकिलो पार्टी लगायतले रिट दायर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय