मंगलबार , असार १, २०७८

फौजी किराले मकै सखाप पारेपछि किसान चिन्तीत

फौजी किराले मकै सखाप पारेपछि किसान चिन्तीत

२१ जेठ,ओखलढुङ्गा । ओखलढुङ्गामा कोरोनाको चपेटोमा परेका कृषकहरु फौजी किराले मकै सखाप पारेपछि थप चिन्तीत बनेका छन् । किसानलाई यतिबेला कोरोेना भन्दा फौजी किराको आतङ्क खपिनसक्नु भएको चिशंखुगढी गाउँपालिका वडा नं ७ माम्खाको डाँडागाउँका किसान कृष्णकुमार राईले बताए । खेतबारीमा लगाएको बाली नष्ट गर्ने फौजीले यसवर्ष नराम्ररी दुःख दिएको उनको भनाई छ ।

ओखलढुङ्गा र आसपासका जिल्लाका किसानलाई केही वर्षयता निरन्तर फौजी किराले सताउँदै आएको छ । लिखु, दुधकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा बढी फैलिएको फौजीको असर जिल्लाका अधिकांश क्षेत्रमा देखिएको छ । विगतमा फौजी आंतक रोक्न किसानले विषादी प्रयोग गर्ने भएपनि यसवर्ष कोरोना कहर रोक्न जारी निषेधाज्ञाका कारण किन्न पाएका छैनन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

बेलैमा उपचार नहुँदा मकैको गुबोमा किरा खोजेर हातैले मार्न थालिएको मानेभञ्याङ्ग गाउँपालिका वडा नं ५ धिम्लेका टिक बहादुर श्रेष्ठको भनाई छ । “यसरी मारेर के साध्य हुन्थ्यो होला र”, उनले भने । भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकैको पात, गुभो तथा बोटनै फौजी किराले खाएर मकैबाली कामै नलाग्ने बनाएको छ । फौजीले आतंक मच्चाएका क्षेत्रका किसान मकैबारी फेरि जोतेर अर्को बाली लगाउनुपर्ने बाध्यतामा पुगिसकेका छन् ।

बाली विज्ञान तथा संरक्षण विभागले अमेरिकन फौजी किराको लागि तीन किसिमका विषादी सिफारिस गरेको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगा र स्थानीय तहहरुले फौजी किरा नियन्त्रण गर्नको लागि विषादी पठाए पनि मोलुङ्ग गाउँपालिकाको वडा नं १ कुन्तादेवीका कृषकहरुले भने फौजी किरा नियन्त्रण गर्नको लागि कुनै पनि औषधि पाएका छैनन् । स्थानीय तहको कृषि शाखा र गाउँपालिकालाई पटक पटक गुहारे पनि कसैले नसुनेको स्थानीय अर्जुन धमलाको गुनासो छ ।

प्रमुख खाद्यान्न बालीको रुपमा रहेको मकै ओखलढुंगामा १२ हजार ४ सय हेक्टर क्षेत्रफलमा खेती गरिदै आएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाका अनुसार सो क्षेत्रफल मध्ये हालसम्म सिद्धिचरण नगरपालिका सहित जिल्लाको चिशंखुगढी, मानेभञ्ज्याङ, मोलुङ, सुनकोशी र लिखु गाउँपालिकाका करिब ३ हजार १ सय हेक्टर क्षेत्रफलमा फौजी किराको प्रकोप फौलिसकेको छ ।

कोरोनाको कहरमा फौजी किरा प्रकोप तीव्र रुपमा फैलिरहेकाले त्यसलाई नियन्त्रण गर्न जिल्लाको सबै स्थानीय तहलाई विषादी पठाइसकेको र समस्यामा परेर कार्यालयमा आउने कृषकहरुलाई समेत वितरण गरिने कृषि ज्ञान केन्द्र ओखलढुंगाका प्रमुख हेम आलेले बताए । “ज्ञानकेन्द्रले कोरोनाको बेलामा पनि किसानको सेवा गरिरहेको छ । टेलिफोनबाटै प्राविधिक सल्लाह दिईरहेका छौं । ” प्रमुख आलेले भने, “फौजीले धेरै नै दुःख दिएको छ । यसको नियन्त्रणका लागि स्थानीय तह मार्फत औषधि त पठाएका थियौं । सबै किसानमाझ पुगेन होला । फेरि पनि समस्यामा परेका किसानलाई हामी सहयोग गर्छौं ।” फौजीको फैलावट बेलैमा नियन्त्रण गर्न नसके झन समस्या आउने आलेको भनाई छ ।

कृषि प्राविधिकहरुका अनुसार फौजी किराको आयु १२ दिनसम्मको हुन्छ । यो दिन भन्दा रातमा सक्रिय हुन्छ । यसको वयस्क किराले एक पटकमा २४ सय वटासम्म फुल पर्ने गर्दछ । विकासक्रम पनि तीव्र हुने भएकाले यो चाँडै फैलने गर्दछ । एकै रातमा सय किलोमिटरसम्मको क्षेत्रफलमा फुल पार्ने र लार्भा दुई दिनमा बढेर मकैको गुबो, डाँठ र फेदबाट खाने हुँदा मध्यम चरणमा पुगेको अवस्थामा भने नियन्त्रण गर्ने उपाय छैन । गुबो र डाँठ जोगिएका मकै भने औषधि प्रयोग गरेर जोगाउन सकिने कृषिविज्ञहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु १८ घण्टा पहिले
बिराटनगरमा चौधरी ग्रुपको प्रादेशिक कार्यालय शुभारम्भ बिराटनगरमा चौधरी ग्रुपको प्रादेशिक कार्यालय शुभारम्भ २० घण्टा पहिले
लकडाउनले वेल संकलन तथा जुस उत्पादनमा बाधा लकडाउनले वेल संकलन तथा जुस उत्पादनमा बाधा १३ घण्टा पहिले
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनीको सर्किट लेबलमा कारोबार, शेयरमूल्य कति ? हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनीको सर्किट लेबलमा कारोबार, शेयरमूल्य कति ? २१ घण्टा पहिले
सप्तरीमा निर्माण शुरु गरेको शपिङ कम्प्लेक्सको काम अलपत्र सप्तरीमा निर्माण शुरु गरेको शपिङ कम्प्लेक्सको काम अलपत्र २० घण्टा पहिले
आईपीओ निष्कासन प्रस्ताव पारित गर्दै आज आइएमई लाइफ इन्स्योरेन्स आईपीओ निष्कासन प्रस्ताव पारित गर्दै आज आइएमई लाइफ इन्स्योरेन्स २४ घण्टा पहिले
स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण १७ घण्टा पहिले
एमालेको विवाद मिल्दा माधव नेपाल दोस्रो अध्यक्ष कि प्रधानमन्त्री ? एमालेको विवाद मिल्दा माधव नेपाल दोस्रो अध्यक्ष कि प्रधानमन्त्री ? २० घण्टा पहिले
मजदुर र विपन्नको छाक टार्दै क्याप्टेन श्रेष्ठ मजदुर र विपन्नको छाक टार्दै क्याप्टेन श्रेष्ठ ५ दिन पहिले
निषेधाज्ञामा बीरगञ्जबाट खुलेयाम तस्करी, नुनदेखि सुनसम्मको कारोवारमा प्रहरीको संरक्षण निषेधाज्ञामा बीरगञ्जबाट खुलेयाम तस्करी, नुनदेखि सुनसम्मको कारोवारमा प्रहरीको संरक्षण ६ दिन पहिले
नागरिकता अध्यादेशको खारेजीपछि महतो सरकारबाट फिर्ता होलान् ? नागरिकता अध्यादेशको खारेजीपछि महतो सरकारबाट फिर्ता होलान् ? ५ दिन पहिले
आजदेखि साल्ट ट्रेडिङले छुट बिहान मात्र दिने आजदेखि साल्ट ट्रेडिङले छुट बिहान मात्र दिने ७ दिन पहिले
कोभिड जितेका पोलिस नागरिक भन्छन्–‘नेपालमा पनि यूरोपस्तरको अस्पताल रहेछ’ कोभिड जितेका पोलिस नागरिक भन्छन्–‘नेपालमा पनि यूरोपस्तरको अस्पताल रहेछ’ ४ दिन पहिले
मनसुन प्रवेशसँगै यस वर्ष बाढीपहिरोको जोखिम उच्च ! मनसुन प्रवेशसँगै यस वर्ष बाढीपहिरोको जोखिम उच्च ! २ दिन पहिले
आर्थिक वर्षको कार्यक्रम तर्जुमा गर्न जुटे स्थानीय तह आर्थिक वर्षको कार्यक्रम तर्जुमा गर्न जुटे स्थानीय तह ५ दिन पहिले
विकास बैंक, फाइनन्स र जलविद्युत क्षेत्रमा लगानीकर्ता तानिए विकास बैंक, फाइनन्स र जलविद्युत क्षेत्रमा लगानीकर्ता तानिए ५ दिन पहिले