बुधबार , असार २, २०७८

कोभिड युनिट कोषमा ४ करोड ६० लाख जम्मा

कोभिड युनिट कोषमा ४ करोड ६० लाख जम्मा

२१ जेठ,मध्यपुरथिमि । ख्वप अस्पताल कोभिड युनिटको कोषमा जनस्तरबाट रु चार करोड ६० लाख ४५ हजार जम्मा भएको छ । अस्पतालमा आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरण व्यवस्था गर्न उक्त कोष स्थापना गरिएको हो ।

युनिटमा अक्सिजन प्लान्ट जडान गर्न आर्थिक तथा भौतिक सहयोग गर्न नगरपालिकाले आह्वान गरेपछि विभिन्न सहकारी संस्था, संघसंस्था र दाताबाट उक्त रकम जम्मा भएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । नगरपालिकाको कोषमा यही जेठ ५ गतेदेखि रकम जम्मा हुँदै आएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

अहिलेको विषम परिस्थितिमा जनतालाई स्तरीय उपचार सेवा प्रदान गर्न आवश्यक स्वास्थ्य उपकरण खरीदमा आर्थिक, भौतिक तथा नैतिक सहयोग विभिन्न संघसंस्था, विद्यालय, कलेज, उद्योगीव्यवसायी तथा जनताले गरेका छन् । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि युनिटमा आइसोलेशन केन्द्र र एचडियु सञ्चालनका लागि अक्सिजन प्लान्ट व्यवस्था गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय