बुधबार , असार २, २०७८

चीनको सिनोभ्याक खोपले पायो आपतकालीन प्रयोग अनुमति

चीनको सिनोभ्याक खोपले पायो आपतकालीन प्रयोग अनुमति
Dr. Gustavo Romero, of University Hospital of Brasilia’s Nucleus of Tropical Medicine, presents to the press China’s Sinovac Biotech experimental vaccine for the new coronavirus before it is administered to volunteers in Brasilia, Brazil, Wednesday, Aug. 5, 2020. According to a statement from the University Hospital, 850 volunteers, including health professionals, will receive shots starting Wednesday as part of a study on whether the experimental vaccine works. (AP Photo/Eraldo Peres)

२१ जेठ, काठमाडैं । चीनको सिनोभ्याक खोपलाई विश्व स्वास्थ्य संगठन ‘डब्ल्यूएचओ’ ले आपतकालीन प्रयोग अनुमति दिएको छ। सरकारले चिनियाँ कम्पनी सिनोभ्याक लाइफ साइन्सले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई अनुमति दिएको हो ।  यो अनुमति पाउने चीनको दोस्रो खोप भएको बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको औषधि व्यवस्था विभागको शुक्रबार बसेको बैठकले अनुमति प्रदान गरेको खोप १८ वर्षभन्दा बढी उमेर समूहका मानिसहरुलाई लगाउन सकिने छ । यो खोप २ देखि ८ डिग्री सेन्टिग्रेड तापक्रममा १२ महिनासम्म राख्न सकिन्छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

नेपाल सरकारले यसअघि भारतको सेरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड, चिनियाँ कम्पनी सिनोफार्मको भेरोसेल र रुसी खोप स्पुतनिक भी र भारतीय खोप कोभ्याक्सिनलाई आपतकालीन प्रयोगको अनुमति दिइसकेको छ ।

यसले खोपको समान पहुँच ‘कोभ्याक्स’ लाई थप बलियो बनाउने छ। यसअघि नै विभिन्न मुलुकमा प्रयोग हुँदै आइरहेको यो खोप १८ वर्षमाथिकालाई दिन सकिने बताइएको छ। यसको पनि पहिलो डोज लिएको दुईदेखि चार सातामा दोस्रो डोज लिनुपर्ने हुन्छ।

चीन, ब्राजिल, चिली, इण्डोनेसिया, थाइल्याण्ड, टर्की, मेक्सिकोलगायतका देशमा सिनोभ्याक प्रयोग हुँदै आएको छ। दुईदेखि आठ डिग्रीसेल्सियस तापक्रममा यसलाई भण्डारण गर्न सकिने खोप निर्माताले जनाएको छ।

ती देशमा खोप लिएका आधाभन्दा बढी व्यक्तिमा कोरोना संक्रमणको लक्षण नदेखिएको, शतप्रतिशत व्यक्तिमा गम्भीर बिरामी र अस्पताल भर्ना हुनुपर्ने अवस्था नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त खोप १८ वर्षमाथिका व्यक्तिले लगाउन सक्ने डब्लुएचओले जनाएको छ । सिनोभ्याकले उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियत तापक्रममा सामान्य ‘रेफ्रिजेरेटर’मा भण्डारण गरेर राख्न सकिने छ । चीनले दुई चरणमा गरेर नेपाललाई १८ लाख भेरोसेल खोप अनुदानमा दिइसकेको छ । यसैगरी भारतले पनि १० लाख डोज कोभिसिल्ड खोप नेपालाई अनुदान दिएको छ ।

तत्काल १० लाख डोज ल्याउने

विभागले सिनोभ्याकको खोपलाई नेपालमा प्रयोग अनुमति दिएसँगै उत्पादक कम्पनीको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले आयातका लागि अनुमित मागेको छ । विभागले आयात अनुमति दिएसँगै उक्त कम्पनीले सिनोभ्याकको खोप नेपाल भित्रयाउने छ ।

विभागबाट प्रयोग अनुमति पाएसँगै आयात अनुमतिका लागि आवेदन दिइएको बायोमेटिक्स प्रालिका निर्देशक बिके भण्डारीले बताए । बायोमेटिक्सले उक्त खोपको उपभोक्ता मूल्य प्रतिडोज रु दुई हजार १०० तोकेर विभागसमक्ष आयात अनुमति मागेको छ । उक्त मूल्यमा सबै खर्च समावेश भएको छ ।

“विभागले सिनोभ्याकको खोपको प्रयोगलाई अनुमति दिएसँगै कोभिड महामारी नियन्त्रण गर्न सरकार र जनतासमक्ष हातेमालो गर्न हामीले उक्त खोप जतिसक्दो चाँडो नेपाल ल्याउन आयात अनुमति मागेका छौँ’, उनले भने, “आइतबारसम्म आयात अनुमति पाउने अपेक्षा गरेका छौँ ।”

बीस दिनभित्र १० लाख डोज खोप नेपाल ल्याउने गरी आयात अनुमति मागेको उनले जानकारी दिए । “हामी उत्पादक कम्पनीसँग निरन्तर संवादमा रहेका छौँ, कम्पनीले २० दिनभित्र १० लाख डोज खोप दिने प्रतिबद्धता जनाएको छ”, निर्देशक भण्डारीले भने, “सबै प्रक्रिया सकेर २० दिनभित्र खोप नेपाल ल्याउछौँ ।”

नेपाल ल्याइने खोपको समूचित वितरणका लागि सरोकारवाला निकायसँग छलफल भइरहेको उनले बताए । बायोमेटिक्सले १० लाख खोप भण्डारणका लागि काठमाडौंमा भण्डारण गृह पनि निर्माण गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय