मंगलबार , असार १, २०७८

मंगलबारदेखि राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र बिक्री गर्दै, ब्याज कति ?

मंगलबारदेखि राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र बिक्री गर्दै, ब्याज कति ?

२२ जेठ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले यही जेठ २५ गते मंगलबारदेखि ८.५० प्रतिशत ब्याज दिनेगरी आरबीबीएल डिबेञ्चर–२०८४ नामक ऋणपत्रको बिक्री खुल्ला गर्ने भएकोछ ।

बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८।५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैंया (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

ऋणपत्र प्रतिकित्ता १ हजार रुपैयाँका दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई बिक्री गरिने र सो का लागि ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल र निष्काशनकर्ता कम्पनी राष्ट्रिय वाणिज्य बैंकको आपसी सहमतिमा बिक्री वितरण गरिने छ ।

साथै, सर्वसाधारणका लागि छुट्याईएको ४० प्रतिशत अर्थात् १० लाख कित्ता सर्वसाधारण नेपालीकालागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिनेछ । छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्म बिक्रीमा रहने यस ऋणपत्र खरिदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

ऋणपत्र खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सि(आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

बैंकको यस ऋणपत्रलाई केयर रेटिङ्ग नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा प्रर्याप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा रहेको संकेत गर्ने केयर नेपाल एप्लस रेटिङ्ग प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डबाट स्विकृत भएको विवरणपत्र बैंकको वेबसाइटमा समेत राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

शाङ्पा फाउण्डेशनद्वारा स्वास्थ्य सामग्री सहयोग शाङ्पा फाउण्डेशनद्वारा स्वास्थ्य सामग्री सहयोग भर्खरै
राप्ती प्रतिष्ठानले बन्द रहेको ओपीडी सेवा सञ्चालनमा ल्याउने राप्ती प्रतिष्ठानले बन्द रहेको ओपीडी सेवा सञ्चालनमा ल्याउने २० घण्टा पहिले
आगामी तीन दिन नदीहरूमा आकस्मिक बाढी आउनसक्‍ने, सतर्कता अपनाउन आग्रह आगामी तीन दिन नदीहरूमा आकस्मिक बाढी आउनसक्‍ने, सतर्कता अपनाउन आग्रह १६ घण्टा पहिले
उपत्यकामा बीमा कम्पनीले २० प्रतिशत कर्मचारी राखेर शाखा खोल्न पाउने उपत्यकामा बीमा कम्पनीले २० प्रतिशत कर्मचारी राखेर शाखा खोल्न पाउने २१ घण्टा पहिले
पर्सामा ३७ प्रतिशत ज्येष्ठ नागरिकले लगाए भेरोसेल खोप पर्सामा ३७ प्रतिशत ज्येष्ठ नागरिकले लगाए भेरोसेल खोप २० घण्टा पहिले
पछिल्लो २४ घण्टामा कोरोनाबाट ५३ जनाको मृत्यु पछिल्लो २४ घण्टामा कोरोनाबाट ५३ जनाको मृत्यु १७ घण्टा पहिले
एमाले सुदूरपश्चिम प्रदेशसभामा ओली पक्षका ७ सांसद निलम्बनमा एमाले सुदूरपश्चिम प्रदेशसभामा ओली पक्षका ७ सांसद निलम्बनमा १३ घण्टा पहिले
अब उपत्यकामा बचत तथा ऋण सहकारी संस्था खोल्न पाइने अब उपत्यकामा बचत तथा ऋण सहकारी संस्था खोल्न पाइने २४ घण्टा पहिले