मंगलबार , असार १, २०७८

कास्कीका चार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

कास्कीका चार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

२२ जेठ, कास्की । कास्कीका चार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । काठमाडौंको बोधिसत्व विहार र सामाजिक अभियानकर्मी शान्त शर्माका सहयोगमा कोरोनाको दोस्रो लहर रोकथाम र संक्रमण न्यूनीकरणमा क्रियाशील स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

कोरोना संक्रमित बिरामीको प्राथमिक उपचार गाउँमै गर्ने गरी जिल्लाका चार वटै स्थानीय तहले अक्सिजन सुविधासहितको आइसोलेशन अस्पताल सञ्चालनमा ल्याएका छन् । जिल्लाका रुपा, अन्नपूर्ण, माछापुच्छ«े र मादी गाउँपालिकालाई शुक्रबार पाँच÷पाँच लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको पोखरा संयोजक दीननाथ बरालले बताए । कन्सन्ट्रेटरसहित अक्सोमिटर, मास्क, थर्मल गन, प्रेसर नाप्ने मेसिन, सेनिटाइजर, ह्याण्डवास, फिनेल, स्प्रे मेसिनलगायत स्वास्थ्य सामग्री प्रदान गरिएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

अक्सिजन अभाव भएका अवस्थामा अक्सिजन कन्सन्ट्रेटरसहितको स्वास्थ्य सामग्री प्राप्त गर्दा ठूलो राहत महसुस भएको मादी गाउँपालिकाले जनाएको छ । यसैबीच सृजनशील अपाङ्गता सरोकार समितिलाई औषधि सहयोग गरिएको छ ।

समितिलाई प्यान्टो प्राजोल, कफ सिरप, भिटामिन बी कम्प्लेक्स, सिटामोल, साइनेक्सलगायत एक बाकस औषधि वितरण गरिएको संयोजक बरालले जानकारी दिए । यसअघि बिहीबार बोधिसत्वा विहारबाट प्राप्त स्वास्थ्य सामग्री पोखराका तीन अस्पताललाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

चालु आर्थिक वर्षको १० महिनामा एक खर्ब निर्यात चालु आर्थिक वर्षको १० महिनामा एक खर्ब निर्यात ११ घण्टा पहिले
एक्सल डेभलपमेन्ट बैंकले हकप्रद निष्कासनका लागि अनुमति माग्दै बोर्डमा दियो आवेदन एक्सल डेभलपमेन्ट बैंकले हकप्रद निष्कासनका लागि अनुमति माग्दै बोर्डमा दियो आवेदन २४ घण्टा पहिले
नर्सरीमा उत्पादन गरेको बिरुवा सर्वसाधारणलाई वितरण नर्सरीमा उत्पादन गरेको बिरुवा सर्वसाधारणलाई वितरण २३ घण्टा पहिले
एनआईसी एशिया क्यापिटलले असार १० गतेदेखि अर्को म्युचुअल फण्ड निष्काशन गर्दै एनआईसी एशिया क्यापिटलले असार १० गतेदेखि अर्को म्युचुअल फण्ड निष्काशन गर्दै २ मिनेट पहिले
ट्र्याक खोलेको ४३ वर्षपछि कालोपत्र गरिँदै, स्थानीयबासी खुशी ट्र्याक खोलेको ४३ वर्षपछि कालोपत्र गरिँदै, स्थानीयबासी खुशी २३ घण्टा पहिले
३८ श्रीमती भएका विश्वकै सबैभन्दा ठूलो परिवारका मुखियाको मृत्यु ३८ श्रीमती भएका विश्वकै सबैभन्दा ठूलो परिवारका मुखियाको मृत्यु १८ घण्टा पहिले
सुदूरपश्चिम प्रदेशको आगामी बजेट २९ अर्ब सुदूरपश्चिम प्रदेशको आगामी बजेट २९ अर्ब १६ घण्टा पहिले
खन्ने खोलाको बाँध बगेपछि चुरे फेदीको बस्ती जोखिममा खन्ने खोलाको बाँध बगेपछि चुरे फेदीको बस्ती जोखिममा १९ घण्टा पहिले