गैँडाकोटमा सहकारीमार्फत कृषकलाई अनुदान
नेपालबहस संवाददाता
जेठ २२, २०७८ शनिबार १५:३८:५०
२२ जेठ, नवलपुर । नवलपरासी ‘बर्दघाट–सुस्तापूर्व’को गैँडाकोट नगरपालिकाले मकै खेतीको प्रवद्र्धनका लागि सहकारीमार्फत कृषकलाई अनुदान दिने भएको छ । गैँडाकोटमा मकै खेती प्रवद्र्धनका लागि नगरपालिकाले करिब रु ३६ लाख उपलब्ध गराउने भएको हो ।
पछिल्लो समय यहाँको नगर क्षेत्र मकै पकेट क्षेत्रका रुपमा प्रख्यात छ । मकै प्रवद्र्धनका लागि गैँडाकोट नगरपालिका र विनायक कृषि सहकारी संस्थाबीच सम्झौता भएर अनुदान वितरण गर्न लागिएको हो । नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत सङ्घीय मकै प्रवद्र्धन कार्यक्रम अनुसार मकै खेती गर्नका लागि सहकारीसँग सम्झौता गरेर किसानलाई अनुदान उपलब्ध गराएको नगरप्रमुख छत्रराज पौडेलले बताए ।
कृषि सहकारीसँग भएको सम्झौताअनुसार नगर क्षेत्रको कम्तीमा ४६० हेक्टर क्षेत्रफलमा मकै खेती लगाएको हुनुपर्ने उनले बताए। मकै खेती लगाएवापत नगरपालिकाका तर्फबाट रु ३५ लाख ८८ हजार विनायक कृषि सहकारीलाई उपलब्ध गराउने गरी सम्झौता गरिएको नगरप्रमुख पौडेलले बताए ।
तीस बिघा क्षेत्रफललाई एउटा क्लस्टर बनाएर मकै खेती गर्नुपर्ने सम्झौतामा जनाइएको छ । सम्झौता गरिएको सहकारीले क्लस्टरअनुसार मकै खेती व्यवस्थापन गर्नुपर्ने छ । अनुदान लिन चाहने कृषकको जग्गाको पुर्जाको प्रतिलिपि अनिवार्य गरिएको छ । विसं २०७८ जेठ मसान्तभित्र कार्य सक्नेगरी सम्झौता भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
बन्दिपुर जाने बाटोको प्राकृतिक मनोरम दृश्य
बैशाख १४, २०८१ शुक्रबार
मुम्बईको अदालतले दियो रवि किशनलाई ठूलो राहत, डीएनए परीक्षण गर्न अस्वीकार
बैशाख १४, २०८१ शुक्रबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
भरतपुरका होटलले पर्यटकलाई छुट दिने
बैशाख १४, २०८१ शुक्रबार
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
बैशाख १४, २०८१ शुक्रबार
कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक
बैशाख १४, २०८१ शुक्रबार