मंगलबार , असार ८, २०७८

कोरोना संक्रमितको स्वास्थ्यलाभ गर्दै मन्दिरमा दीप प्रज्वलन

कोरोना संक्रमितको स्वास्थ्यलाभ गर्दै मन्दिरमा दीप प्रज्वलन

 २२ जेठ, भादगाउँ । नेपाली कांग्रेसले आज भक्तपुरमा दीप प्रज्वलन गरेको छ । कांग्रेसले भक्तपुरका चारवटै नगरपालिकाका ३८ वडामा एकै साथ दीप प्रज्वलन गरेको हो ।

कोरोना संक्रमितको शीघ्र स्वास्थ्यलाभ र मृतकको चिर शान्तिको कामना गर्दै वडाका स्थानीय मन्दिरमा दीप प्रज्वलन गरिएको नेपाली कांग्रेस भक्तपुरका क्षेत्रीय सभापति जीवन खत्रीले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

“पूजाअर्चना र दीप प्रज्वलनले कोरोना संक्रमण भई उपचार गरारहेकाका आम नेपालीमा आत्मबल र शक्ति प्राप्त गर्ने विश्वासका साथ मन्दिरमा दीप प्रज्वलन गरिएको हो”, उनले भने।

कार्यक्रममा सहभागीबीच भौतिक तथा सामाजिक दूरी कायम गरिएको र स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गरिएको क्षेत्र नं २ का सभापति नारायण खायमलीले बताए । कार्यक्रममा स्थानीय वडा कमिटी र भ्रातृसङ्गठनका पदाधिकारी र कांग्रेसका शुभेच्छुक तथा शुभचिन्तकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय