मंगलबार , असार ८, २०७८

दुई कम्पनीको साधारण सभा आज, यस्ता छन् एजेण्डा ?

दुई कम्पनीको साधारण सभा आज, यस्ता छन् एजेण्डा ?

२३ जेठ, काठमाडौं । आज दुई कम्पनीले वार्षिक साधारण सभा गर्दैछन् । नाडेप लघुवित्त र सानिमा लाईफ इन्स्योरेन्सले वार्षिक साधारण सभा गर्न लागेका हुन् ।

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ७ गते स्थगित गरेको छैठौ वार्षिक साधारण सभा आज जेठ २३ गतेको लागि तय गरेको हो । रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेण्ट नागार्जुन, काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सभा गर्ने तयारी कम्पनीको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिका वर्षको लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुङ्गो लगाउँनेछ ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्न लागेको यस कम्पनीको शेयर कारोबार गत पुस १६ गतेदेखि रोक्का रहेको छ । यस आधारमा साधारण सभाको लागि बुक क्लोजको मिति पनि कम्पनीले सोही बमोजिम हुने जानकारी दिएको छ । पुस १६ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

त्यस्तै, आईपीओ निष्कासनको प्रस्ताव सहित सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे सभा आव्हान गरिएको हो ।

कोभिड महामारीको जोखिमलाई ध्यानमा राखी सानिमा लाईफले पनि सभा भर्चुअल माध्यमबाट गर्ने तयारी गरेको छ । आईपीओ पस्ताव सहित आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गर्दै सभाले गत आर्थिक वर्ष ०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ ।

साथै सञ्चालन समितिको सदस्यहरुको बैठक भक्ता तथा अन्य सुविधाहरुको पुनरावलोकन गर्ने विषयमा पनि सभाका लागि तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल बैंकले ३ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल बैंकले ३ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै १ दिन पहिले
कर्णालीका राउटेका लागि एकीकृत नीति बनाउने तयारी कर्णालीका राउटेका लागि एकीकृत नीति बनाउने तयारी १२ घण्टा पहिले
क्षति न्यूनीकरण गर्न वन्यजन्तु मैत्री संरचना निर्माणमा जोड क्षति न्यूनीकरण गर्न वन्यजन्तु मैत्री संरचना निर्माणमा जोड ४ दिन पहिले
मनाङेको अभिव्यक्तिप्रति राखेपको गम्भीर ध्यानाकर्षण, कारबाहीको माग मनाङेको अभिव्यक्तिप्रति राखेपको गम्भीर ध्यानाकर्षण, कारबाहीको माग ७ दिन पहिले
बाराको जगदम्बा कारखानामा आगलागी : २ मजदुरको मृत्यु, ३ घाइते ! बाराको जगदम्बा कारखानामा आगलागी : २ मजदुरको मृत्यु, ३ घाइते ! २ दिन पहिले
पानीजहाजको सब स्टेशन निर्माणस्थल निरीक्षण पानीजहाजको सब स्टेशन निर्माणस्थल निरीक्षण २ दिन पहिले
सत्ताधारी दल नेकपा एमाले ढिलो छिटो एकीकृत हुने, विपक्षी गठबन्धन संकटमा सत्ताधारी दल नेकपा एमाले ढिलो छिटो एकीकृत हुने, विपक्षी गठबन्धन संकटमा ४ दिन पहिले
विजय लघुवित्तको २३ हजार ५२९ कित्ता संस्थापक शेयर बिक्रीमा, शेयरमूल्य कति ? विजय लघुवित्तको २३ हजार ५२९ कित्ता संस्थापक शेयर बिक्रीमा, शेयरमूल्य कति ? ७ दिन पहिले