शुक्रबार , असार ११, २०७८

एनआरएनएद्धारा नेपाललाई थप ४ सय २८ अक्सिजन कन्सनट्रेटर सहयोग

एनआरएनएद्धारा नेपाललाई थप ४ सय २८ अक्सिजन कन्सनट्रेटर सहयोग

२३ जेठ, काठमाडौं । आवासीय नेपाली संघ ‘एनआरएनए’ ले सुरु गरेको “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान अन्तर्गत विभिन्न राष्ट्रिय समन्वय परिषद्को समन्वयमा विश्वभर छरिएका विभिन्न संघ–संस्था र नेपाली समुदायको सहयोगमा थप ४ सय २८ अक्सिजन कन्सनट्रेटर शनिबार साँझ ७ बजे ‘५ जुन २०२१’ काठमाण्डौंमा आइपुगेको जनाएको छ ।

एनआरएनएका अनुसार यूकेबाट १५०, अष्ट्रेलियाबाट १००, क्यानाडाबाट ७५, जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटालीबाट १०, चीनबाट ७ वटा र अन्य सँस्थाबाट ३६ वटा अक्सिजन कन्सनट्रेटरको खरीदका लागि आर्थिक सहायता प्राप्त भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

चीनस्थित नेपाली दुताबास र गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद् चीनले खरीद प्रकृया सहयोग गरेको थियो भने ढुवानी खर्च नेपाल सरकारले बेहोरेको थियो ।

यसैगरी, गैरआवासीय नेपाली संघ अफ्रिका क्षेत्रबाट इलाम देखि जुम्ला सम्मका विभिन्न १३ जिल्लाका २८ अस्पताल र स्वास्थ्य केन्द्रमा १४५ अक्सिजन सिलिन्डर खरिद सहित११५० रिफिल अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री हस्तान्तरण गरि सकिएको छ भने दुर्गम क्षेत्रमा सिलिन्डर पठाउने अभियान जारी छ ।

विश्वभरीबाट प्राप्त बाँकि आर्थिक सहयोगबाट संघले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरिएको समेत जानकारी गराउँदछौँ ।

संघको अभियानमार्फत सहयोग गर्नु हुने विदेशस्थित दुताबास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समिति सहयोगदाता, लगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीप्रति गैरआवासीय नेपाली संघले हार्दिक आभार व्यक्त गरेको प्रवक्ता डिबी क्षेत्रीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

हकप्रद निष्काशनको लागि एचआईडीसीएलले बुक क्लोज मिति तोक्यो हकप्रद निष्काशनको लागि एचआईडीसीएलले बुक क्लोज मिति तोक्यो ३ हप्ता पहिले
कतार फुटबल एसोसियसनकै सहयोगमा सावित्राको उपचार हुने कतार फुटबल एसोसियसनकै सहयोगमा सावित्राको उपचार हुने २ दिन पहिले
बूढानीलकण्ठको नीति तथा कार्यक्रमले स्वास्थ्य क्षेत्र र पर्यटन पूर्वाधारमा जोड दिने बूढानीलकण्ठको नीति तथा कार्यक्रमले स्वास्थ्य क्षेत्र र पर्यटन पूर्वाधारमा जोड दिने १६ घण्टा पहिले
डेनमार्कले नेपाललाई कोरोना विरुद्धको खोप दिने डेनमार्कले नेपाललाई कोरोना विरुद्धको खोप दिने ३ हप्ता पहिले
नेता पौडेलद्वारा स्वास्थ्य सामाग्री सहयोग नेता पौडेलद्वारा स्वास्थ्य सामाग्री सहयोग २ हप्ता पहिले
सांसद वैद्यको अभिव्यक्तिमा फौजदारी कानून आकर्षित हुन्छ : एमाले सांसद वैद्यको अभिव्यक्तिमा फौजदारी कानून आकर्षित हुन्छ : एमाले २ हप्ता पहिले
मेलम्ची बाढी: थप तीन जनाको शव फेला, मृत्यु हुनेको संख्या १० पुग्यो ! मेलम्ची बाढी: थप तीन जनाको शव फेला, मृत्यु हुनेको संख्या १० पुग्यो ! ७ दिन पहिले
शिखर इन्स्योरेन्सको हकप्रद निष्कासनको लागि एनआईएिबल एस क्यापिटल बिक्री प्रवन्धकमा नियुक्त शिखर इन्स्योरेन्सको हकप्रद निष्कासनको लागि एनआईएिबल एस क्यापिटल बिक्री प्रवन्धकमा नियुक्त ३ हप्ता पहिले