बुधबार , असार २, २०७८

बजारमा सुनको मूल्य निरन्तर बढ्दै

बजारमा सुनको मूल्य निरन्तर बढ्दै

२३ जेठ, काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । सोही क्रममा आइतबार सुन तोलामा ९४ हजार १०० रुपैयाँमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको कारोबारको पहिलो दिन आइतबार बढेर ९४ हजार १०० रुपैयाँ पुगेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यस्तै तेजाबी सुन तोलामा आइतबार ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १३५५ रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय