मंगलबार , असार ८, २०७८

हालै आईपीओ निष्कासन गरेको ग्रीन लाइफ हाइड्रोपावरले सार्वजनिक गर्‍यो तेस्रो त्रैमासिक वित्तीय विवरण

हालै आईपीओ निष्कासन गरेको ग्रीन लाइफ हाइड्रोपावरले सार्वजनिक गर्‍यो तेस्रो त्रैमासिक वित्तीय विवरण

२३ जेठ, काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर कम्पनीले तेस्रो त्रैमासिक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ ।

हाल कम्पनीको जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेकोले आयोजनाको व्यापारिक उत्पादन शुरु भएको छैन । कम्पनीले प्रशासनिक खर्चलाई पूँजीकृत गरि आम्दानी तथा खर्च नरहेकाले प्रतिशेयर आम्दानी र मूल्य आम्दानी अनुपात गणना नगरेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

गत वर्षको तुलनामा कम्पनीको चालू सम्पत्ति यसवर्ष तेस्रो त्रैमाससम्ममा १५ दशमलव ८९ प्रतिशत घटेको र चालू दायित्व ३७ दशमलव ८१ प्रतिशतले घटेको हो । कम्पनीले दोलखा जिल्लास्थित खानीखोला १ दशमलव ४० मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

व्यवसायिक योजना अनुरुपनै कामहरु भएको कम्पनीले बताएको छ ।कम्पनीले पहिलो चरणमा निर्माण गरिरहेको २५ मेगावाट जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी वित्तीय विवरण मार्फत दिएको छ ।

कम्पनीले वित्तीय विवरणमा आयोजना निर्माणाधीन अवस्थामा रहेको र व्यापारिक उत्पादन शुरु नभएकाले आम्दानी उल्लेख गरेको छैन ।कम्पनीको चुक्तापूँजी १ अर्ब ७८ करोड ४३ लाख रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय