कैलालीका सामुदायिक वनमा काठ चोरी वृद्धि
नेपालबहस संवाददाता
जेठ २३, २०७८ आइतबार २०:५५:५८
२३ जेठ,टीकापुर । लकडाउन भएसंगै कैलालीका सामुदायिक वनमा काठ चोरीका घटना बढेका छन् । लकडाउनको समयमा सबै मानिस घरभित्रै बस्ने भएकाले तस्कर तथा चोरीमा संलग्नहरु वन ताक्न थालेको गुनासो वनकर्मी नै गर्न थालेका छन् ।
यतिबेला सामुदायिक वनमा वन हेरालुले गस्ती गर्न नसकेका कारण काठ चोरीका घटना बढेका छन् । कोरोना संक्रमणका कारण सामुदायिक वन संरक्षणसँगै अन्य गतिविधि गर्न नसकेको सामुदायिक वनका पदाधिकारी बताउँछन् । वन हेरालु दिउँसोका समयमा गस्ती गर्ने भएकाले दिउँसोभन्दा रातिको समयमा सामुदायिक वनमा काठ चोरी भइरहेको उनीहरुको गुनासो छ ।
काठ चोरी गर्नेहरु योजना बनाएर रातिको समयमा आउने भएकाले नियन्त्रणमा समस्या भएको शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रेम विश्वकर्माले बताए । “रातिको समयमा वनमा काठ चोरीका घटना बढेका छन्, रातिको समयमा गस्ती गर्न समस्या भएको छ”, अध्यक्ष विश्वकर्मा भन्छन्, “विपत्ति तथा महामारीको समयमा तस्कर सल्बलाएका छन् ।”
कैलालीको जगतपुर सामुदायिक वनमा केही दिनअघि सयौँ क्युफिट काठ चोरी भयो । तस्करको समूहले सयौँ क्युफिट काठ काटेको सूचना स्थानीयवासीले दिएपछि तस्करले काटेको काठ वन समितिले नियन्त्रणमा लिएर घाटगद्दी गरेको छ । “काठ चोरीबारे अनुसन्धान भइरहेको छ, लकडाउनको मौकामा चोरीका घटना बढेका छन्, सामान्य चोरीका घटना अन्य बेला पनि भइरहन्छन्”, जगतपुर सामुदायिक वनका अध्यक्ष रेशमलाल चौधरीले भने, “संरक्षण समिति र वन हेरालुले नियमित गस्ती गरेका छन्, अब उपभोक्ताको सहयोग लिएर गस्ती थप बढाउने योजनामा छौँ ।”
नियमित सचेतना र नियमित हेरालुको गस्ती गरिरहेको चेतना सामुदायिक वनमा भने अहिले चोरीका घटना नभएका अध्यक्ष बलबहादुर रावलले बताए । “हाम्रो वनमा बर्सातको समयमा नदीमा काठ बगाएर चोरी गर्ने सक्रिय हुन्छन्, बर्सातमा वनमा काठ चोरीका घटना बढ्छन्”, अध्यक्ष रावलले भने, ‘‘नदीमा पानीमा काठ बगाएर चोरी गर्नेलाई नियन्त्रण गर्न चुनौती छ, यसबारेमा समेत वन समितिमा छलफल गर्ने भएका छौँ, कोरोना संक्रमण फैलिएपछि सामुदायिक वनका अन्य गतिविधि सञ्चालनमा समेत समस्या भएको छ ।”
त्यस्तै महिला जागृति सामुदायिक वनले बर्सातको समयमा हुने वन कटानी रोक्नका लागि तटबन्ध गर्ने योजना बनाएको थियो । महामारीका कारण तटबन्धको काम गर्न नसेकेको अध्यक्ष चन्दा विकले बताए । “यो समयमा गाउँमा मानिस फुर्सदिला भएर वनजङ्गल जान थाल्दा चोरीका घटना बढ्न सक्ने भएकाले हामीले गस्ती बढाएका छौँ”, उनले भने, “हाम्रो वनमा सबै महिला भएकाले पनि चोरीका घटना अन्य वनको तुलनामा कम हुन्छन् ।”
लकडाउन भएपछि नागरिक बजारतिर हिँड्न नपाउँदा सामुदायिक वन, नदी तथा खोलातिर जान थालेको सब डिभिजन वन कार्यालय लम्कीका सहायक वन अधिकृत सोमलाल घलान बताउछन् । “नागरिकलाई फुर्सद हुँदा दाउरा, तरकारी लगाउन आवश्यक रुखका हाँगा काट्ने बढेका छन्”, सहायक वन अधिकृत घलान भन्छन्, “दाउरा सङ्कलन र साग टिप्ने बहानामा यतिखेर वनमा चोरी तस्करी बढ्यो भन्ने गुनासो बढेको छ, वन कार्यालयमा उजूरी भने आएका छैनन्, सामान्य काठदाउरा चोरीमा संलग्नलाई सामुदायिक वन आफैँले कारबाही गरिरहेका छन् ।”
सहायक वन अधिकृत घलान आफूहरुले नियमित गस्ती गरिरहेको बताउछन् । “यो समयमा सामुदायिक वनलाई पनि सामाजिक दूरी कायम गरेर गस्ती बढाउन भनेका छौँ”, उनी भन्छन्, “यस्तो जोखिमका समयमा तस्कर तथा आपराधिक मानसिकता भएकाहरु वन मास्ने योजना बनाउन सक्छन् भनी सतर्कता अपनाउन भनेका छौँ ।”
कैलालीमा ५७६ सामुदायिक वन छन् । त्यसमध्ये ६४ वन महिलाले नेतृत्व गरेका छन् । अझै झण्डै १५० सामुदायिक वन प्रस्तावित अवस्थामा छन् । महिलाले नेतृत्व गरेका वनको तुलनामा पुरुषले नेतृत्व गरेका वनमा चोरीका घटना बढेका छन् । वनको स्रोत र कोष परिचालनमार्फत सामाजिक विकासका क्षेत्रमा समेत सामुदायिक वनको भूमिका महत्वपूर्ण रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’
बैशाख ३१, २०८१ सोमबार
नुहाउने क्रममा कैलालीमा दुई बालबालिकाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
एचआईभी संक्रमितलाई मासिक भत्ता वितरण
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले लिए शपथ
बैशाख ३१, २०८१ सोमबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने, एमाले अझै अनिर्णित !
बैशाख ३१, २०८१ सोमबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
ओलम्पिकमा छनौट भएका प्रिन्सको तयारी बारे घिसिङको चासो
बैशाख ३१, २०८१ सोमबार