बुधबार , असार २, २०७८

नेपालले खेल्ने त्रिकोणात्मक सिरिज स्पेनमा हुने पक्का

नेपालले खेल्ने त्रिकोणात्मक सिरिज स्पेनमा हुने पक्का

२३ जेठ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्पेनमा हुने पक्का भएको छ ।

स्कटल्याण्डमा जुलाईमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्पेनमा हुने पक्का भएको हो । नेपाल क्रिकेट संघ ९क्यान० का सचिव अशोकनाथ प्याकुरेलले सिरिज स्पेनमा हुने पक्का जस्तै भएको बताए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

तर, उनले आईसीसीबाट आधिकारिक पत्र नआएकाले क्यानको तर्फबाट पक्का भन्न नमिल्ने जिकिर गरे । लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।

लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो । ओमानमा हुने सिरिज मार्च १९ देखि २८ सम्म हुने तालिका रहेको थियो ।

कोरोनाको बढ्दो प्रभावको कारण क्वारेन्टिनको प्रावधान र भ्रमण कडाइको कारण अन्तराष्ट्रिय क्रिकेट परिषद ‘आईसीसी’ ले सिरिज स्थगित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय