मंगलबार , असार ८, २०७८

राउटे युवतीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न आयोगको आग्रह

राउटे युवतीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न आयोगको आग्रह

२३ जेठ,काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले दुई राउटे युवतीको गोपनीयताको संरक्षण गर्दै घटनाका दोषीलाई तत्काल कारबाही गर्न सरकासँग आग्रह गरेको छ ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का युवाले स्थानीय राउटे समुदायका युवतीलाई प्रलोभनमा पारी मदिरा सेवन गराई यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएपछि आयोगको कर्णाली प्रदेश शाखा कार्यालयले अनुगमन गरेको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा निजहरुको स्वास्थ्य परीक्षण गर्न र भौतिक सुरक्षा गरी जीवनको अधिकार संरक्षणमा तत्काल आवश्यक पहल गर्न र प्रभावकारी अनुसन्धानमार्फत दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन आग्रह गरिएको हो ।

स्थानीय तीनजना युवाले राउटे समुदायका दुई युवतीलाई प्रलोभनमा पारी स्थानीय होटलमा लगेर यौनजन्य कार्य गर्न बाध्य बनाएको, उक्त घटनाका कारण निज युवतीलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्यान नै जोखिममा पर्न सक्ने अनुगमनबाट पाइएको जनाएको छ ।

प्रलोभनमा पारी यौनहिंसामा लगाइएका उल्लेखित दुई युवतीलाई यसअघि पनि राउटे मुखियाले ४ महिना नजरबन्द जस्तै गरी बन्दी बनाइएको जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कोरोना महामारीले योगको महत्व झन् बढ्योः प्रदेश प्रमुख कलौनी कोरोना महामारीले योगको महत्व झन् बढ्योः प्रदेश प्रमुख कलौनी १६ घण्टा पहिले
योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति १९ घण्टा पहिले
कोरोनाले विश्वभर ३८ लाखको मृत्यु, कहाँ-कति ? कोरोनाले विश्वभर ३८ लाखको मृत्यु, कहाँ-कति ? ११ घण्टा पहिले
कोरोना संक्रमण कम हुँदै गएपछि सर्वोच्चले सेवा थप्ने कोरोना संक्रमण कम हुँदै गएपछि सर्वोच्चले सेवा थप्ने ५ घण्टा पहिले
कतारमा विश्वकप हेर्न आउनेलाई कोरोना खोप दिने तयारी कतारमा विश्वकप हेर्न आउनेलाई कोरोना खोप दिने तयारी ९ घण्टा पहिले
गोकर्णेश्वरबाट तास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ गोकर्णेश्वरबाट तास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ १२ घण्टा पहिले
योग परम्परालाई नयाँ उचाइबाट अघि बढाइनुपर्छः उपप्रम पौडेल योग परम्परालाई नयाँ उचाइबाट अघि बढाइनुपर्छः उपप्रम पौडेल १३ घण्टा पहिले
नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य उच्च दरमा वृद्धि नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य उच्च दरमा वृद्धि १३ घण्टा पहिले