आइतबार , असार ६, २०७८

ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारे

ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारे

२३ जेठ, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टी एकीकरणका लागि नयाँ प्रस्ताब गरेका छन् । ६ बुँदे आह्वान गर्दै उनले २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट पार्टी अघि बढाउन तयार रहेको र यसअघि भएका कमी कमजोरीप्रति कसैलाई पनि कारबाही नगर्ने उल्लेख गरेका हुन् ।

नेपाल समूहको निर्णय सार्वजनिक भए लगतै एमाले अध्यक्ष ओलीले एकताका लागि आहृवान गरेका हुन् । एमालेलाई सुदृढ गरेर मात्र कम्युनिस्ट आन्दोलनलाई बलियो र एकतावद्ध बनाउन सकिने भएपनि पार्टीको आन्तरिक जीवनमा समस्याहरु देखा परेको उनले बताएका छन । पार्टी अध्यक्षको हैसियतमा आफूले एकताका निम्ति पहल पनि गरेको भन्दै उनले भनेका छन्, ‘हाम्रो अनवरत प्रयासका बाबदुज जे नहुनुपर्ने, त्यही भइरहेको छ ।’

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यस्तै कसैप्रति पूर्वाग्रह र भेदभाव पनि नराखिने उनले उल्लेख गरेका छन् । मातहतका पार्टी कमिटी र जनसंगठनहरु मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशिल हुने उनले बताएका छन् ।

विज्ञप्तिमा ओलीले आफ्नो दलका अध्यक्षलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बन्ने प्रस्ताबमा गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखेका छन् ।

एमालेभित्रको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी एक बनाएर लैजाने भए २०७५ साल जेठ २ गतेको अवस्थामा पार्टी संरचनालाई गतिशिल बनाउनुपर्ने माग गर्दै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय