आइतबार , असार ६, २०७८

कानून व्यवसायीलाई कोरोना खोप उपलब्ध गराउन डिएलएको माग

कानून व्यवसायीलाई कोरोना खोप उपलब्ध गराउन डिएलएको माग

२४ जेठ,काठमाडौं । डेमोक्रयाटिक लयर्स एशोसिएशन (डिएलए)ले कानून व्यवसायीहरुलाई तत्काल कोरोनाको खोप उपलब्ध गराउन माग गरेको छ । डिएलएले महामारीका बेलामा पनि कानून व्यवसायीहरुले संविधान र कानूनको रक्षार्थ अग्रपङ्क्तिमा रहेर कार्य गर्दै आएको भन्दै कानून व्यवसायीहरुलाई खोप पाउने अग्रसूचीमा राख्न भनेको हो ।

कानून व्यवसायी तथा पूर्वकानून मन्त्रीसमेत रहेका नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ्गलाई बधाई तथा ज्ञापन पत्र दिँदै डिएलएले कानून व्यवसायीहरुलाई तत्काल खोप उपलब्ध गराउन माग गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

डिएलएका महासचिव लक्ष्मीदेवी दाहाल रावलको नेतृत्वमा मन्त्रालयमा गएको टोलीले निषेधाज्ञा तथा लकडाउनको बेलामा पनि अदालत जानुपर्ने भएकाले कानून व्यवसायीहरुलाई संक्रमणको खतरा बढिरहेकोतर्फ मन्त्री तामाङको ध्यानाकर्षण गराएको थियो ।

गत फागुन २३ देखि चैत ३ गतेसम्म सञ्चालित पहिलो खोप अभियानमा करिब ७५० कानून व्यवसायीले पहिलो खोप लगाउने मौका पाए पनि दोस्रो खोप लगाउनुपर्ने म्याद सकिँदै लाग्दासमेत दोस्रो खोप लगाउन नपाएको ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्रमा भनिएको छ, “विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार पहिलो खोप लगाएको आठदेखि १२ हप्ताभित्र दोस्रो खोप लगाइसक्नु पर्ने भएकोले पहिलो खोप लगाएको समयावधि यही २०७८ साल जेठ १५ गते समाप्त हुने हुँदा यथाशीघ्र दोस्रो खोप उपलब्ध गराउन आग्रह गर्दछौँ ।”

आफ्नो पेशागत धर्म प्रति कटिबद्ध भई कार्य गर्दै आएका कानून व्यवसायीको अवस्थालाई हृदयङ्गम गरी कुनै पनि खोप नलिएका देशभरका सम्पूर्ण कानून व्यवसायीलाई समेत पहिलो तथा दोस्रो खोप पहिलो प्राथमिकतामा राखी उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाइदिन अनुरोध गरिएको महासचिव दाहालले जानकारी दिइन् ।

डिएलएको मागलाई मन्त्री तामाङले सकारात्मकरूपमा लिएर जतिसक्दो चाँडो त्यसको व्यवस्था गर्ने आश्वासन दिएको उनले बताइन् । “हाम्रो मागप्रति मन्त्री तामाङ अत्यन्त सकारात्मक देखिनुभएको छ, उहाँ आफू पनि कानून व्यवसायी भएकाले त्यसलाई गम्भीरतापूर्वक लिएर चाँडै नै खोप पाउने अग्रसूचीमा पार्नुहुने छ भन्ने हामीलाई विश्वास लागेको छ”, महासचिव दाहालले भनीन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

महाकाली नदीको पारीगाउँ केन्द्रमा जलसतहले खतराको तह पार गर्याे महाकाली नदीको पारीगाउँ केन्द्रमा जलसतहले खतराको तह पार गर्याे ११ घण्टा पहिले
तपाईको आजको राशीफल कस्तो छ ? तपाईको आजको राशीफल कस्तो छ ? १३ घण्टा पहिले
आज तराई क्षेत्रमा धेरै पानी पर्ने सम्भावना आज तराई क्षेत्रमा धेरै पानी पर्ने सम्भावना ११ घण्टा पहिले
मेलम्ची बाढीः द्रुत आवश्यकता मूल्यांकन जरूरी मेलम्ची बाढीः द्रुत आवश्यकता मूल्यांकन जरूरी २ घण्टा पहिले
माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार ४२ मिनेट पहिले
अष्ट्रेलियाको सिमाना खुल्ला गर्न हतार छैनः व्यापार मन्त्री अष्ट्रेलियाको सिमाना खुल्ला गर्न हतार छैनः व्यापार मन्त्री ४ घण्टा पहिले
रुसमा जहाज धस्सिएर दुर्घटना: नौ जनाको मृत्यु रुसमा जहाज धस्सिएर दुर्घटना: नौ जनाको मृत्यु २० घण्टा पहिले
निषेधाज्ञाबीच बेहुला बेहुली मोटरसाइकलमा सरर निषेधाज्ञाबीच बेहुला बेहुली मोटरसाइकलमा सरर २१ घण्टा पहिले