मंगलबार , असार ८, २०७८

पाकिस्तानमा रेल दुर्घटना : ३० जनाको मृत्यु, ५० यात्रु घाइते

पाकिस्तानमा रेल दुर्घटना : ३० जनाको मृत्यु, ५० यात्रु घाइते

२४ जेठ, एजेन्सी । पाकिस्तानमा रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ । सोमबार बिहान रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

कराँचीबाट सरगोधा जाँदै गरेको मिल्लत एक्सप्रेसको र रावलपिण्डीबाट कराँची जाँदै गरेको सैयद एक्सप्रेसको रेल सिन्ध प्रान्तको डहारकी क्षेत्रमा आपसमा ठोक्किएका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

दुर्घटनास्थलमा उद्धारकार्य जारी छ । रेलका डिब्बामा फसेका यात्रुहरुलाई निकाल्ने प्रयास भइरहेको समाचार संस्था डनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय