बुधबार , असार २, २०७८

हकप्रद निष्कासनको तयारीमा रहेको राधी विद्युत शेयरमूल्यमा गिरावट, प्रतिशेयरमूल्य कति ?

हकप्रद निष्कासनको तयारीमा रहेको राधी विद्युत शेयरमूल्यमा गिरावट, प्रतिशेयरमूल्य कति ?

२४ जेठ, काठमाडौं । हकप्रद निष्कासनको तयारीमा रहेको राधी विद्युत शेयरमूल्यमा आइतबार गिरावट आएको छ । केही समय निरन्तर सर्किट लाग्र्दै एक हजार शेयरमूल्य नाघेको कम्पनीको आइतबार शेयरमूल्यमा गिरावट आएको हो ।

radhi 2

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

आइतबार कम्पनीको शेयरमूल्य ९८ रुपैयाँले घटेर १०४७ रुपैयाँ पुगेको छ । हालै कम्पनीले लाभांश घोषणा गरेको थियो । कम्पनीले शेयरधनीलाई ३६ दशमलव ५ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

लाभांश घोषणा गरेपश्चात कम्पनीको जेठ १६ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले आफ्नो शेयरधनीहरूलाई ३६।५ प्रतिशत बोनस शेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पुँजीको १४७.५२ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले १:१.४७५२ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ९५ लाख ३५ हजार ७ सय ६० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले यो प्रस्ताव आगामी १५औँ वार्षिक साधारण सभामा पेश गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ४७ करोड ३५ लाख ५६ हजार ५ सय रूपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासन गरेपश्चात् कम्पनीको चुक्ता पुँजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ पुग्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय