मंगलबार , असार ८, २०७८

साढे तीन वर्षपछि कांग्रेस उक्लियो सत्तामा

साढे तीन वर्षपछि कांग्रेस उक्लियो सत्तामा

२४ जेठ, काठमाडौं । लगभग साढे तीन वर्षको प्रतिपक्षी भूमिकाबाट नेपाली कांग्रेस सत्ताधारी कित्तामा उक्लिएको छ । हिजो मात्रै यो क्रमको थालनी कर्णाली प्रदेशबाट सुरु भएको हो । कर्णाली प्रदेशमा कांग्रेसले दुई जनालाई मन्त्री बनाएको छ ।

यही अवस्था प्रदेश नं. २ मा पनि देखापरेको छ । सम्भवतः आजै साँझसम्म यो प्रदेशमा पनि कांग्रेस सत्तामा जाने छ । हिजै मात्र मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टीका महन्थ – राजेन्द्र समूहका चारजना मन्त्रीलाई वर्खास्त गरेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

त्यसपछि विकसित घटनाक्रमले नयाँ समीकरणकै सरकार बन्ने देखिएको छ । नेपाली कांग्रेसले यहाँ आधा हिस्सा मागेको छ । तर माओवादीलाई समेत मिलाउनुपर्ने भन्दै राउतले एक तिहाईका दरले सबैले भागबण्डा गर्नुपर्ने धारणा राखेका छन् । यसबारे अहिले प्रदेश तहमै पार्टीहरुबीच छलफल भइरहेको छ ।

उता, गण्डकी प्रदेशमा पनि कांग्रेसको सत्ता यात्रा सुरु हुनै लाग्दा राष्ट्रिय जनमोर्चाका सांसद् कृष्ण थापाका कारण अवरुद्ध भएको छ ।कांग्रेसलाई साथ नदिने भन्दै उनले बिद्राेह गरेपछि पार्टीले पदमुक्त गरेको थियो । तर हिजो मात्रै सर्वाेच्च अदालतले थापालाई नहटाउन अन्तरिम आदेश दिएको छ ।

त्यसपछि भने बैकल्पिक सरकार गठनमा फेरि तगारो बनेका छन् थापा । यस्तो स्थितिमा के गर्ने भनेर विपक्षी गठबन्धनले नयाँ रणनीति बनाइरहेका छन् । स्रोतका अनुसार, प्रदेशसभाका सभामुख नेत्रप्रसाद अधिकारीलाई राजीनामा गराएरै भएपनि बहुमत पु¥याउने दाउ उनीहरुको रहेको छ । यस्तो परिस्थिति बन्यो भने गण्डकी प्रदेशमा समेत कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना रहेको छ ।

यसैगरी लुम्बिनी प्रदेशमा पनि सरकार अल्पमतमा छ । तर प्रदेश प्रमुखको बलजफ्तीमा सरकार टिकेको छ । अब भने बजेट अधिवेशन आह्वान भएकाले सरकार अल्पमतमा पर्ने देखिएको छ ।

परिस्थिति अनुकूल भयो भने यो प्रदेशमा पनि माओवादी र कांग्रेसको गठबन्धन सरकार बन्ने अवस्था छ । त्यसका लागि आगामी महिना निर्णायक हुने देखिएको छ ।

यस्तै, सदूर प्रदेशमा भने माओवादी नेतृत्वमा एमालेको माधव नेपाल पक्षको समर्थनमा सरकार रहेको छ । विपक्षी गठबन्धनबीच समझदारी बन्दा यहाँ पनि कांग्रेस सत्तामा जान सक्ने अवस्था छ ।

प्रदेश नं. १ र बाग्मती प्रदेशमा पनि सरकार सहज रुपमा चल्न सकेका छैनन् । माओवादीको समर्थन फिर्ता र एमाले कै माधव पक्षको विरोधका कारण ती प्रदेशका सरकार कुनै पनि बेला विस्थापित हुने अवस्था रहेको छ । विकल्पमा कांग्रेस बिनाको सरकार बन्ने अवस्था छैन ।

केन्द्रमा पनि केपी ओलीविरुद्ध बहुमत सांसद् प्रतिनिधिसभा पुनस्थापना गरी शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने कानूनी लडाईमा छन् । उक्त लडाई सफल हुने वित्तिकै देउवा नेतृत्वमा नयाँ सुरकार बन्ने अवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय