बुधबार , असार २, २०७८

दोस्रो लहरबाट सातवटै गाउँपालिकामा असर

दोस्रो लहरबाट सातवटै गाउँपालिकामा असर

२४ जेठ, हुम्ला । कोभिड –१९ को दोस्रो लहरबाट सातवटै गाउँपालिकामा असर गरेको छ । जिल्लाका गाउँपालिकामा पीसीआर र एन्टिजेन विधिबाट एक हजार १५५ जनामा परीक्षण गर्दा हालसम्म १६६ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।

सञ्चो हुने ९३ जना, एक जनाको जिल्ला अस्पतालबाट रिफर र एक जनाको मृत्यु भएको जनाइएको छ । त्यस्तै कोरोना पोजेटिभबाट सक्रिय संख्या ७३ छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

रेडक्रसद्वारा जिल्ला स्वास्थ्य कार्यालयलाई मास्क

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले हुम्लालाई २० हजार पाँच सय थान मास्क हस्तान्तरण गरेको छ । जिल्लाका स्वास्थ्यकर्मीलाई पाँच हजार, १० उपशाखा कार्यालयलाई एकएक हजार, सुरक्षामा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई एकएक सय र स्वयंसेविकालाई केही मास्क वितरण गरिएको रेडक्रसका सभापति गणेशबहादुर महतले बताए ।
(

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय