बुधबार , असार २, २०७८

देउवासँग छलफल गर्न बूढानीलकण्ठ पुगे प्रचण्ड र नेपाल

देउवासँग छलफल गर्न बूढानीलकण्ठ पुगे प्रचण्ड र नेपाल

२४ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ‘एमाले’ का वरिष्ठ नेता माधवकुमार नेपाल बूढानीलकण्ठ पुगेका छन्।

परिवर्तित राजनीतिक अवस्था र विपक्षी गठबन्धनको आगामी रणनीतिबारे नेपाली कांग्रेससँग छलफल गर्न उनीहरु सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेका हुन्। आफ्नो समूहको स्थायी कमिटी बैठक सकेर नेपाल सोझै बूढानीलकण्ठ पुगेका थिए।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रचण्ड र देउवाबीच आज मध्यान्हबाट छलफल जारी थियो । देउवाले नेपाललाई पनि छलफलका लागि बोलाएपछि नेपाल पनि आफू पक्षीय स्थायी समिति बैठक सकेर देउवा निवास पुगेको स्रोतले बतायो ।

आफ्नो समूहको स्थायी कमिटी बैठकमा हस्ताक्षर फिर्ता निर्णय लिएका नेपाल देउवाको आशंका मेटाउन बूढानीलकण्ठ पुगेको पाइएको छ ।आज विहान प्रचण्ड र नेपालबीच पनि भेटवार्ता भएको थियो । प्रचण्डसँगको भेटमा नेपालले हस्ताक्षर फिर्ता नहुने प्रतिबद्धता जनाएका छन् ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले असन्तुष्ट समूहलाई सहमतिमा आउन आग्रह गर्दै हिजो आइतबार ६ बुँदे प्रस्ताव सार्वजनिक गरेपछि आवश्यक रणनीति तय गर्न गठबन्धनका तीन नेता छलफलमा जुटेका हुन्।

त्यसमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नेपाल पक्षका सांसदले दिएको हस्ताक्षर फिर्ता लिए २०७५ जेठ २ को अवस्थामा पार्टी संरचना अगाडि बढाउन तयार रहेको उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय