सोमबार , असार ७, २०७८

स्याङ्जामा जेठ ३१ गतेसम्म निषेधाज्ञा

स्याङ्जामा जेठ ३१ गतेसम्म निषेधाज्ञा

२४ जेठ,वालिङ । स्याङ्जामा निषेधाज्ञाको समय थपेर जेठ ३१ गते राति १२ बजेसम्मका लागि कायम गरिएको छ । आज रातिसम्मको लागि जारी यसअघि तोकिएको निषेधाज्ञालाई जिल्ला सुरक्षा समितिको आजको बैठकले एक हप्ता लम्बाएको हो ।

जिल्लामा कोभिड संक्रमणको दर उच्च भएकाले रोकथाम तथा नियन्त्रणका लागि जेठ मसान्तसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याईएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए । बैठकले दैनिक उपभोग्य अत्यावश्यक वस्तुहरुको बिक्री वितरण दैनिक बिहानमा मात्रै सञ्चालन गर्ने, बिहान ५ बजेदेखि ९ बजेसम्म दैनिक उपभोग्य खाद्य सामग्रीहरु दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्याँस, पेट्रोलियम पदार्थ अत्यावश्यक निर्माणजन्य सामग्रीहरु सञ्चालन गर्न पाउने भएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

राजस्व सङ्कलन, विपद् व्यवस्थापन, सरकारी कामकाजको प्रयोजनबाहेक सबै बैंक तथा वित्तीय संस्थाहरु बन्द गर्नुपर्ने, अत्यावश्यक काम परी बैकिङ सेवा सञ्चालन गर्नुपरेमा सम्बन्धित पालिकाकाको लिखित अनुमतिमा सञ्चालन गर्न सकिने निर्णय भएको छ भने एटिएम सेवा भने २४ सै घण्टा उपलब्ध गराउनुपर्ने छ । निषेधाज्ञाका समयमा पहिलाजस्तै यसपटक पनि औषधि तथा अत्यावश्यक सेवाहरु २४ सै घण्टा खुल्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय