सोमबार , असार ७, २०७८

निषेधाज्ञा ‘मोडालिटी’ परिवर्तनको तयारीमा गृह प्रशासन: स्वास्थ्य मन्त्रालय भन्छ, हतार नगरौ !

निषेधाज्ञा ‘मोडालिटी’ परिवर्तनको तयारीमा गृह प्रशासन: स्वास्थ्य मन्त्रालय भन्छ, हतार नगरौ !

२५ जेठ, काठमाडौं ।  सरकारले आउँदो असार पहिलो साताबाट ‍निषेधाज्ञाको मोडालिटीमा परिवर्तन गर्ने भएको छ । आर्थिक बर्षको अन्त्यका साथै खेतीपातीको समय  भएको भन्दै सरकारले जारी निषेधाज्ञा खुकुलो बनाउँदै लकडाउन परिवर्तन गर्न लागेको हो ।

निषेधाज्ञा तत्काल नहटाइने तर मोडालिटीमा परिवर्तन गर्दै जनजीवन सहज बनाउने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले  आफ्नो जिल्लाकाे  अवस्था हेरेर यसबारे आवश्यक निर्णय लिन सम्वन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशनसमेत दिइसकिएको गृहप्रशासनले जनाएको छ । गृहमन्त्रालयको निर्देशनसँगै जिल्लास्थित डीसीएमसीले जिल्लाको अवस्था विश्लेषणमा लागेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

नयाँ मोडालिटी अनुसार अब निर्माण, उत्पादनजन्य, कृषि कार्य क्षेत्र खुला गर्ने सरकारको तयारी छ । खाध्न पसलमा लगाउँदै आएको समय सीमा पनि हटाउन लागिएको छ । तर, विद्यालय, कलेज, होटल व्यवसाय, पार्टी प्यालेस, सपिङ मलसहितका भीडभाड हुने क्षेत्र भने तत्काल खुल्ने छैनन् ।

यसैगरी, सामूहिक उपस्थिति हुने तथा बढी भीडभाड हुने विवाह, व्रतबन्ध, सभा, गोष्ठी गर्न अझै केही समय रोक लगाइनेछ । सार्वजनिक यातायात भने केही समय बन्द नै गर्ने सरकारको योजना छ । तर, अवस्था हेरेर निजी सवारी साधन जोरबिजोर प्रणालीबाट सञ्चालन गर्ने गरी तयारी सरकारले गरेको छ ।

तर यता स्वास्थ्य मन्त्रालयले भने खोप नलाएसम्म जनजीवनलाई पुरानै शेलीमा फकाउँदा थप जोखिम बढने भन्दै निषेधाज्ञा खुकुलो गराउन हतार गर्न नहुने सुझाव दिएको छ ।  बर्षायामको समयमा हुने बाढी पहिरो विपतको समस्या आउने सक्ने त्यसले कोरोनाको जोखिमा झनै बढाउन सक्ने त्यसतर्फ समयमै योजना बनाउन र सचेत हुन मन्त्रालयले गृहप्रशासनलाई सुझाव दिएको हाे ।

अहिले पनि दैनिक परीक्षणको ३० प्रतिशत हाराहारीमा संक्रमण देखिएकाले लकडाउन खुकुलो बनाउँदा संक्रमण बढन सक्ने आशंका मन्त्रालयले गरेको छ ।

गत बैशाख १६ गतेबाट निषेधाज्ञा लगाउदै आएको छ । ७७ जिल्लामध्ये हाल ७५ जिल्लामा निषेधाज्ञा लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कर्णालीका राउटेका लागि एकीकृत नीति बनाउने तयारी कर्णालीका राउटेका लागि एकीकृत नीति बनाउने तयारी १८ मिनेट पहिले
नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको शेयर बिक्रीमा नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको शेयर बिक्रीमा २१ घण्टा पहिले
अपि पावर कम्पनीको हकप्रद शेयरमा असार ९ गतेसम्म आवेदन दिन सकिने अपि पावर कम्पनीको हकप्रद शेयरमा असार ९ गतेसम्म आवेदन दिन सकिने १ घण्टा पहिले
एकतानगर बस्ती जोगाउन पक्कीनाला निर्माण गर्ने निर्णय एकतानगर बस्ती जोगाउन पक्कीनाला निर्माण गर्ने निर्णय ५ मिनेट पहिले
सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद्लाई वैधानिकता दिन अस्वीकार सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद्लाई वैधानिकता दिन अस्वीकार १५ घण्टा पहिले
हकप्रद निष्कासका लागि नारायणी डेभलपमेन्ट बैंकले धितोपत्र बोर्डमा दियो निवेदन हकप्रद निष्कासका लागि नारायणी डेभलपमेन्ट बैंकले धितोपत्र बोर्डमा दियो निवेदन ५ घण्टा पहिले
सरकारी एम्बुलेन्स प्रयोगबिहीन हुँदा बिरामी मर्कामा सरकारी एम्बुलेन्स प्रयोगबिहीन हुँदा बिरामी मर्कामा ४१ मिनेट पहिले
मेलम्ची–हेलम्बु जोड्ने मोटर बाटो निर्माण जारी मेलम्ची–हेलम्बु जोड्ने मोटर बाटो निर्माण जारी २१ घण्टा पहिले