मंगलबार , असार ८, २०७८

भारतलाई विश्व बैंकले ५० करोड अमेरिकी डलर सहयोग गर्ने

भारतलाई विश्व बैंकले ५० करोड अमेरिकी डलर सहयोग गर्ने

२५ जेठ, काठमाडौं । विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने भएको छ । विश्व बैंकको कार्यकारी समितिले कोरोना भाइरस महामारीका कारण मर्कामा परेका साना तथा मझौला उद्योगका सञ्चालकहरूलाई सहयोग गर्न भारतलाई यो रकम उपलब्ध गराउने निर्णय गरेको हो । भारतमा कोरोना भाइरस महामारीले साना तथा मझौला उद्योग व्यवसायहरु नराम्रोसँग धरासायी भएको तथ्यांकहरुले देखाएका छन् ।

विश्व बैंकले दिएको यो रकम भारतका साना तथा मझौला उद्योगहरूको पुनः उत्थाान र प्रवद्र्धनका लागि परिचालन गरिने भएको छ । यस कार्यका लागि भारत सरकारले पनि ठूलो रकम लगानी गर्ने र विश्व बैंकको रकम त्यसमा थपिने बैंकका अधिकारीहरुले बताएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

विश्व बैंकले प्रकाशन गरेको वक्तव्यमा कोरोनापछि साना तथा मझौला व्यवसायीहरूलाई उठाउनका लागि यो रकम उपयोग गर्न भारत सरकारलाई आग्रह पनि गरिएको छ । विश्वभरी मर्कामा परेका साना तथा मझौला व्यवसायीहरुलाई सहयोग गर्ने विश्व बैंकको नीति अनुसार अन्य देशहरुलाई पनि यस्तो सहयोग गरिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय