उदयपुरमा एटिएम फुटाउने युवक पक्राउ
नेपालबहस संवाददाता
जेठ २५, २०७८ मंगलबार २०:२३:५९
२५ जेठ,उदयपुर । गएराति उदयपुरको सदरमुकाम गाईघाट बजारमा रहेको नेबिल बैंकको एटिएम मेशिन फुटाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार गएराति एक युवकले बैंकभित्र प्रवेश गरी एटिएममा ह्याम्मरले हानेर फुटाउने क्रममा बैंकका गार्डले थाहा पाएपछि मेनेजरलाई खबर गरेका थिए ।
मेनेजरले तत्काल प्रहरीमा खबर गरेपछि प्रहरी आइपुग्दा उक्त युवक भागेर बजारतर्फ जाँदै गरेका अवस्थामा प्रहरीले घेरा हालेर पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख भीमप्रसाद दाहालले जानकारी दिए । भारत घर बताउने २१ वर्षीय ती युवक बजारकै एक फर्निचर उद्योगमा काम गर्दै आएका थिए । अभियुक्त युवकले बैंकको एटिएम फोरेर कति रकम लगे र त्यसमा को–को संलग्न थिए भन्नेबारे अनुसन्धान शुरु गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा महिला पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
क्यानडा पठाइदिन्छु भन्दै दुबई पुर्याएर मानव बेचबिखन गर्ने युवक पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार
बन्दिपुर जाने बाटोको प्राकृतिक मनोरम दृश्य
बैशाख १४, २०८१ शुक्रबार
मुम्बईको अदालतले दियो रवि किशनलाई ठूलो राहत, डीएनए परीक्षण गर्न अस्वीकार
बैशाख १४, २०८१ शुक्रबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
भरतपुरका होटलले पर्यटकलाई छुट दिने
बैशाख १४, २०८१ शुक्रबार
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
बैशाख १४, २०८१ शुक्रबार