मंगलबार , असार १, २०७८

गण्डकी प्रदेशमा विश्वासको मत नपाएको अवस्थामा के होला ?

गण्डकी प्रदेशमा विश्वासको मत नपाएको अवस्थामा के होला ?

२५ जेठ, पोखरा । प्रदेश सरकारमा रहेको नेकपा एमालेको दबदबा अब भने भत्किन थालेको छ । यसैक्रममा गण्डकी प्रदेश सरकारले पर्सि जेठ २७ गते विश्वासको मत लिने भएको छ ।  प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा अहिले बहुमत छैन । गएको बैशाख ३० गते उनले अल्पमतको सरकार बनाएका हुन् ।

विपक्षी गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ । तर उनको पक्षमा पनि बहुमत जुटेको छैन । नेकपा माओवादी र जनता समाजवादी पार्टीले नेपालीको पक्षमा मत दिने बताएपनि राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले बिद्रोह गरेकाले बहुमत पुग्ने अवस्था रहेन ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

पार्टीले अनुशासनको कारबाही गरेर पदमुक्त गरिएका थापा हिजो मात्रै सर्वाेच्च अदालतको आदेशमा पुनस्थापित भएका छन् । उनले अझैपनि कांग्रेसको विपक्षमा नै मत दिने बताएका छन् । त्यसैले पर्सि हुने मतदानमा उनले गुरुङकै पक्षमा मत दिने देखिन्छ । यति हुँदापनि मुख्यमन्त्रीले बहुमत जुटाउने अवस्था छैन ।

विश्वासको मत नपाएपछिको राजनीतिक परिवेश कसरी बढ्ला भन्ने जिज्ञासा आम रुपमा रहेको छ । मुख्यमन्त्री गुरुङ निकट स्रोतका अनुसार विश्वासको मत नपाएपछि प्रधानमन्त्री केपी ओलीले अपनाएकै बाटो अबलम्बन गरिने छ । यसको मतलव मुख्यमन्त्री गुरुङले पनि प्रदेशसभा भंग गर्ने सम्भावना रहेको देखिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय