बुधबार , असार २, २०७८

चिया उद्योग पुनः सञ्चालनमा ल्याइने

चिया उद्योग पुनः सञ्चालनमा ल्याइने

२५ जेठ, इलाम । कोरोना महामारीको विषम परिस्थितिमा चिया निर्यात नभएपछि उद्योग बन्द गरेका सूर्योदय नगरपालिकाका उद्यमीले पुनः सञ्चालनमा ल्याउने भएका छन् । नगरले चियाका लागि मापदण्ड बनाएपछि उद्योग सञ्चालनमा आउने भएका हुन् । नगर, चिया तथा कफी विकास बोर्डका प्रतिनिधि र उद्योगीका प्रतिनिधिको संयुक्त छलफलबाट मापदण्ड तयार पारिएको हो । हरियो चियापत्ती टिप्दा न्यूनतम तीन मिटर सामाजिक दूरी कायम गर्नुपर्ने भएको छ ।

अनिवार्यरूपमा मास्क, सेनिटाइजर पञ्जाको प्रयोग, चिया खाजाको व्यवस्था घरबाटै गर्ने, २ बजेसम्म सङ्कलन केन्द्रमा सङ्कलन गरेर ५ बजेभित्र उद्योगसम्म पु¥याउने, एक÷एक घण्टामा सावुनपानीले हात धुने र एउटा बोरामा अधिकतम ३० किलोभन्दा बढी ढुवानी गर्न नपाउने मापदण्डमा उल्लेख छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

चिया प्रशोधन कार्यमा दुई वा तीनभन्दा बढी श्रमिक राख्न नपाउने, गुणस्तरीय चिया उत्पादन कार्यविधि, २०७५ को पालना गर्नुपर्ने, श्रमिक वा अन्य कामदारको विवरण प्रत्येक दिन सम्बन्धित वडामा बुझाउने, चिया टिप्न प्रयोग गरिने सुरक्षा सामग्री मजदूरलाई सम्बन्धित चिया कृषकले उपलब्ध गराउनुपर्ने, चिया ढुवानीको सवारी वडा कार्यालयमा दर्ता भएको हुनुपर्नेलगायत बुँदा समेटिएका छन् ।

चिया क्षेत्रमा सङ्लग्न किसान, श्रमिक वा उद्योगमा कार्यरत मजदुरमा सङ्क्रमण देखिएमा स्वास्थ्य शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ । सङ्क्रमितलाई उपचारको लागि अस्पतालसम्म लग्न सवारीसाधनको व्यवस्था नगरले गर्ने जनाइएको छ । यसअघि गत वर्ष पनि नगरले १४ बुँदे मापदण्ड पालना लागु गराएर चिया टिपाईलाई सहज बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

अन्नपूर्णको युवालाई स्वरोजगार कार्यक्रम प्राथमिकतामा अन्नपूर्णको युवालाई स्वरोजगार कार्यक्रम प्राथमिकतामा २२ घण्टा पहिले
कोभिसिल्डको पहिलो मात्रा लाएकालाई दोस्रो डोज दिन कोभ्याक्स खोपको प्रतिक्षा कोभिसिल्डको पहिलो मात्रा लाएकालाई दोस्रो डोज दिन कोभ्याक्स खोपको प्रतिक्षा ३ दिन पहिले
कोभिड–१९ को तेस्रो र चौथो लहरमा एमआइएस–सी संक्रमण बढी देखिने कोभिड–१९ को तेस्रो र चौथो लहरमा एमआइएस–सी संक्रमण बढी देखिने ७ दिन पहिले
राजनीतिक दलका प्रमुखहरुसंग छलफलमा सहभागी हुने क्रममा पूर्वप्रधानमन्त्री नेपाल राजनीतिक दलका प्रमुखहरुसंग छलफलमा सहभागी हुने क्रममा पूर्वप्रधानमन्त्री नेपाल ५ दिन पहिले
डा. कोइरालाको नेतृत्वमा यातायात मजदुरलाई राहत बितरण डा. कोइरालाको नेतृत्वमा यातायात मजदुरलाई राहत बितरण ७ दिन पहिले
बोर्डले भन्यो– ५१ कम्पनीको धितोपत्र कारोवारमा बदमासी भयो ! बोर्डले भन्यो– ५१ कम्पनीको धितोपत्र कारोवारमा बदमासी भयो ! १८ घण्टा पहिले
सोमाली सेनाको कारबाहीमा १६ जना अल–शबाब विद्रोहीको मृत्यु सोमाली सेनाको कारबाहीमा १६ जना अल–शबाब विद्रोहीको मृत्यु २ दिन पहिले
समयमा मलखाद नपाउदा किसान थप मारमा समयमा मलखाद नपाउदा किसान थप मारमा २ दिन पहिले