शुक्रबार , असार ११, २०७८

कोरोना संक्रमितको सारथी बनेका स्वास्थ्यकर्मी दम्पती

कोरोना संक्रमितको सारथी बनेका स्वास्थ्यकर्मी दम्पती

२५ जेठ,सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–९ सुकेपोखरीको सर्लाही जीवन अस्पताल सञ्चालन गर्दै आइरहेका एक जोडी आफू कोरोना संक्रमित भएर पनि अन्य संक्रमितको उपचारमा दिनरात लागिरहेका छन् । गतवर्ष कोरोना भाइरसको पहिलो लहर फैलिँदै गर्दा सरकारले बन्दाबन्दी गरेपछि अलपत्र परेका पैदल यात्रीलाई निःशुल्क खाना खुवाउन खटिएका यो दम्पती यस पटकको सङ्कटमा भने संक्रमितको उपचारमा जुटेका छन् । उनीहरु आफैँ संक्रमित हुँदा समेत बिमारीको हेरचाहमा अहोरात्र खटिएका छन् ।

सर्लाही जीवन अस्पताल सञ्चालक अमृता उप्रेती र अर्जुन मैनाली अहिले आफूहरु नै कोरोना संक्रमित छन् । बिरामीको उपचारमा खटिँदाखटिँदै आफूहरू समेत कोरोना संक्रमित भएको अमृताले बताइन् । अमृताका अनुसार उनीहरुकै कारण छोरा, छोरी, दाजु, बुबासहित पूरै परिवार संक्रमित भएको छन्  ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

उप्रेती परिवारले निर्माणाधीन अस्पताल भवन आइसोलेसनका रूपमा प्रयोग गर्न हरिवन नगरपालिकालाई दिएको छ । नगरपालिकाले भवनमा ६० शय्याको अक्सिजनसहितको आइसोलेसन तयार गरेको जनाएको छ आइसोलेसन स्थापना गरेको सुनेपछि गत वैशाख २४ देखि नगरका संक्रमितहरु उपचारका लागि आउन शुरु गरेका अमृताका श्रीमान अर्जुनले बताइन् । नगरपालिकाले बिरामीको उपचारमा भने कुनै ध्यान नदिएको उनीहरुको भनाइ छ ।

बिरामीको उपचारमा नगरपालिकाले बेवास्ता गरेपछि उनीहरु आफैँ उपचारमा खटिएका छन् । ‘‘नगरपालिका जिम्मेवारीबाट पन्छिरहेको छ, बिरामी शय्यामा लम्पसार परेपछि हामीले कसरी फर्काउनु , बिरामी मरेको हेरेर बस्न सकिएन र उपचारमा खटिएका छौँ’’, अर्जुनले भने । दुवैजना स्वास्थ्यकर्मीले सञ्चालन गरेको निजी अस्पतालले कोरोना संक्रमितको उपचार निःस्वार्थ भावले गरिरहँदा नगरपालिका भने मौन बसेको देख्दा आफूहरुलाई आश्चर्य लागेको अमृताले बताइन् ।

अहिले उनीहरूको निगरानीमा हरिवन, बागमती, लालबन्दीलगायत स्थानबाट आएका १९ जना संक्रमित भर्ना भएका छन् । गम्भीर समस्या भएका आठजना उपचारपश्चात् घर फर्किसकेको अस्पतालले जनाएको छ । सामान्य स्वास्थ्य सुरक्षाको सामग्री समेत नहुँदा असुरक्षित ढङ्गले बिरामीको उपचार गरिरहनु परेको अमृताले दुःखेसो गरिन् । उपचारत बिरामीका लागि बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले अक्सिजन सहयोग गर्नु भएको थियो । अहिले त्यही अक्सिजन प्रयोग भइरहेको छ ।

निकै अनुरोधपछि हरिवन नगरले पनि चारवटा खाली सिलिन्डर दिएको छ । आफैँ संक्रमित भएका कारण बिरामीको हेरचाह गर्न निकै समस्या हुने गरेको स्वास्थ्यकर्मी यस दम्पतीको भनाइ छ । आफूहरुले सोचेजति सेवा दिन नसके पनि बिरामीहरू अन्यत्र जान नमानेको अमृताले बताइन् । “थप भर्ना नलिने भनेर फर्काउँदा समेत बिरामीहरू अस्पतालको द्वारमा आएर बस्ने गरेको छन्”, उनले भनीन् । बिरामीका लागि अहिले उनीहरु सारथी जस्तै बनेका छन् ।

अस्पतालमा बिरामीको सङ्ख्या बढेपछि चिकित्सक र स्वास्थ्य सामग्रीको व्यवस्था गर्न हरिवन नगरपालिकाका नगर प्रमुख गणेशप्रसाद प्रसाईलाई निकै अनुरोध गर्दा पनि कुनै चासो नदेखाएको उनको भनाइ छ । नगरपालिकाले भने अस्पतालमा राख्नुपर्ने बिरामीलाई आफ्नै स्वास्थ्य कार्यालयस्थित आइसोलेसनमा राखेको जनाएको छ । अस्पताल सञ्चालक अमृता सिएमए हुन भने उनका श्रीमान् अर्जुन ल्याब टेक्निसिएनसँगै जुनिएर इन्ट्रन हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

एप्पल ट्याबलेट कम्प्युटर विश्व बजारमा अग्रस्थानमा, दोस्रोमा सामसुङको उत्पादन एप्पल ट्याबलेट कम्प्युटर विश्व बजारमा अग्रस्थानमा, दोस्रोमा सामसुङको उत्पादन ३ दिन पहिले
बोनम्यारो क्यान्सरपीडित थापाको उपचारका लागि सहयोग जु्ट्दै बोनम्यारो क्यान्सरपीडित थापाको उपचारका लागि सहयोग जु्ट्दै ७ दिन पहिले
भर्चुअल कक्षाको विकल्प खोज्न सरकारसँग माग भर्चुअल कक्षाको विकल्प खोज्न सरकारसँग माग ७ दिन पहिले
आयल निगमद्वारा मेलम्ची बाढीपीडितलाई सहयोग आयल निगमद्वारा मेलम्ची बाढीपीडितलाई सहयोग ७ दिन पहिले
मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराले किसान पीडित मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराले किसान पीडित ३ दिन पहिले
कमाण्ड कोर्षले सशस्त्र प्रहरीलाई व्यवसायिक बनाउने विश्वास कमाण्ड कोर्षले सशस्त्र प्रहरीलाई व्यवसायिक बनाउने विश्वास १ दिन पहिले
वालिङ नगरपालिकामा बंगुर पकेट कार्यक्रमको घोषणा, निःशुल्क पाठापाठी वितरण गर्दै उपप्रमुख तिवारी वालिङ नगरपालिकामा बंगुर पकेट कार्यक्रमको घोषणा, निःशुल्क पाठापाठी वितरण गर्दै उपप्रमुख तिवारी ७ दिन पहिले
नेपाल प्रहरीका ५२ एसपीको सरुवा, को-कहाँ ? [ हेर्नुस सूचीसहित ] नेपाल प्रहरीका ५२ एसपीको सरुवा, को-कहाँ ? [ हेर्नुस सूचीसहित ] २ दिन पहिले