सोमबार , असार ७, २०७८

प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध

प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध

२५ जेठ, काठमाडौं । प्रदेश २ मा प्रदेशसभा सदस्यहरुसँग समन्वय नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै विपक्षी दलहरुले प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् ।

मंगलबार प्रदेशसभा बैठक बस्नेबितिकै विपक्षी दलका प्रदेशसभा सदस्यहरुले सशर्त अनुदान स्थानीय पालिकाहरुमा समन्वय नगरी पठाइएको भन्दै बैठक अवरुद्ध गरेका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यस बिषयमा मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग उनीहरुले राखेका छन् । मनोमानी तरिकाले सशर्त अनुदानको योजना छनौट गरेको भन्दै नसच्याएसम्म बैठक अवरुद्व गरिरहने बिपक्षी सांसदहरुले बताएका छन् । विरोधपछि सभामुख सरोजकुमार यादवले प्रदेशसभा बैठक स्थगित गरेका हुन् ।

बैठक सुचारु राख्न सभामुख सरोजकुमार यादवले आग्रह गरे पनि नेकपा एमालेका संसदीय दलका नेता शत्रुधन महतोले कम्तीमा यसको जवाफ मुख्यमन्त्रीले नदिएसम्म बैठक चल्न नदिने बताए ।

विपक्षी दल नमानेपछि सभामुखले एक घण्टाका लागि बैठक स्थगित गरेका छन् । प्रदेशमा पछिल्लो पटक कांग्रेस र माओवादीलाई पनि सरकारमा ल्याउने तयारी गरिएको छ । तर सशर्त अनुदानको योजनालाई लिएर विवाद देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मेलम्चीका बाढीपीडितलाई विश्व हिन्दू परिषद नेपालको सहयोग मेलम्चीका बाढीपीडितलाई विश्व हिन्दू परिषद नेपालको सहयोग १६ घण्टा पहिले
व्यवसायिक कफी खेतीमा युवा पुस्ताको आकर्षण बढ्दै व्यवसायिक कफी खेतीमा युवा पुस्ताको आकर्षण बढ्दै २ घण्टा पहिले
काश्मिरका रेल स्टेशनहरुमा निःशुल्क वाइफाइ सेवा काश्मिरका रेल स्टेशनहरुमा निःशुल्क वाइफाइ सेवा १३ घण्टा पहिले
चीनले लगायो एक अर्ब डोज खोप चीनले लगायो एक अर्ब डोज खोप १३ घण्टा पहिले
राहत लिएर गएको सेनाको हेलिकप्टर चामेमै रोकियो राहत लिएर गएको सेनाको हेलिकप्टर चामेमै रोकियो १५ घण्टा पहिले
टुकोनले श्रममन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र टुकोनले श्रममन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र १७ घण्टा पहिले
रु रु जलविद्युतसहित ९ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? रु रु जलविद्युतसहित ९ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? २१ घण्टा पहिले
माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार १७ घण्टा पहिले