बुधबार , असार २, २०७८

भेरी नदीमा डुबेर बहिनीको मृत्यु, दिदी बेपत्ता !

भेरी नदीमा डुबेर बहिनीको मृत्यु, दिदी बेपत्ता !

२५ जेठ, जाजरकोट । भेरी नदीमा डुबेर पश्चिम रुकुमकी एक बालिकाको मंगलवार दिउँसो मृत्यु भएको छ । उनकी दिदी नदीमा बेपत्ता भएकी छन् । त्यस्तै एकजना घाइते भएका छन् ।

पश्चिम रुकुमको चौरजहारी नगरपालिका –१२ दुरनेटाका अम्मर डाँगीकी ११ वर्षकी छोरी गीताको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो ।जाजरकोट प्रहरीका अनुसार गीताको दिदी दीपा नदीमा बेपत्ता भएकी छन् । सँगै गएका सोही ठाँउका १७ वर्षका रामबहादुर डाँगी घाइते भएका छन् । उनलाई नदीमा बग्दा बग्दै उद्धार गरिएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

जाजरकोट भेरी नगरपालिका १ रावतगाँउमा रहेका आफन्त भेट्न आएका उनीहरु गर्मी छल्न भन्दै नदीमा पौडी खेल्न थालेको र पौडी खेल्ने क्रममा रामबहादुरलाई नदीले बगाउन थालेपछि उद्धारका लागि गएका दिदीबहिनी समेत बगेका थिए ।

गीता र रामबहादुरलाई तत्काल स्थानीयले उद्धार गरेपनि उपचारको क्रममा गीताको जाजरकोट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रामबहादुरको अवस्था भने सामान्य बन्दै गएको छ । बेपत्ता दीपाको खोजी कार्य भैरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जातीय भेद्भाव कस्तो हुन्छ ? भनेर जान्न मन लागे दियालीलाई सोधे हुन्छ जातीय भेद्भाव कस्तो हुन्छ ? भनेर जान्न मन लागे दियालीलाई सोधे हुन्छ ३ हप्ता पहिले
गीतकार नमिता दवाडीको शब्द शृजनामा म मजदुर मायाको गीतकार नमिता दवाडीको शब्द शृजनामा म मजदुर मायाको ४ दिन पहिले
राजनीतिक र कानूनी उपचार खोज्ने माओवादी केन्द्रको निर्णय राजनीतिक र कानूनी उपचार खोज्ने माओवादी केन्द्रको निर्णय ४ हप्ता पहिले
ओलीको शपथविरुद्ध परेका रिट प्रधानन्यायाधीश आफैंले हेर्ने ओलीको शपथविरुद्ध परेका रिट प्रधानन्यायाधीश आफैंले हेर्ने ४ हप्ता पहिले
चार वाणिज्य बैंक र दुई लघुवित्तसहित ११ कम्पनीको उच्च शेयर माग, कुनको कति ? चार वाणिज्य बैंक र दुई लघुवित्तसहित ११ कम्पनीको उच्च शेयर माग, कुनको कति ? ३ हप्ता पहिले
बेनी अस्पतालको भेन्टिलेटर र आइसियु सञ्चालन हुन सकेन बेनी अस्पतालको भेन्टिलेटर र आइसियु सञ्चालन हुन सकेन २ हप्ता पहिले
झापामा करेन्ट लागेर २ जनाको ज्यान गयो झापामा करेन्ट लागेर २ जनाको ज्यान गयो ५ दिन पहिले
विकास बैंक समूहको परिसूचक साढे सात प्रतिशतले बढ्यो, ज्योति विकासको शेयरमूल्यमा सर्किट विकास बैंक समूहको परिसूचक साढे सात प्रतिशतले बढ्यो, ज्योति विकासको शेयरमूल्यमा सर्किट २ हप्ता पहिले