बुधबार , असार २, २०७८

प्रदेश २ : यादव नेतृत्वको सरकारमा कांग्रेस र माओवादी सहभागी हुने निश्चित

प्रदेश २ : यादव नेतृत्वको सरकारमा कांग्रेस र माओवादी सहभागी हुने निश्चित

२५ जेठ, काठमाडौं । प्रदेश २ मा जनता समाजवादी पार्टी नेपाल ‘उपेन्द्र यादव पक्ष’ र नेपाली कांग्रेसबीच सत्ता सहकार्यका लागि सहमति भएको छ । याे सँगै सत्ता साझेदारीका लागि दुबै दल सकारात्मक भएपनि मन्त्रालय भागवण्डा टुंगिएको छैन ।

सहमतिसँगै अब प्रदेश २ मा जसपा ‘यादव पक्ष’ नेतृत्वको सरकारमा कांग्रेस र माओवादी केन्द्र सहभागी हुने निश्चित भएको छ । आज भएको सहमति अनुसार कांग्रेसले तीन र माओवादी केन्द्रले दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रदेश २ सरकारमा १० वटा मन्त्रालय रहनेछन् । त्यसमध्ये पाँचवटा मन्त्रालय जसपाले राख्ने र बाँकी पाँच वटामा तीनवटा कांग्रेस र दुईवटा माओवादी केन्द्रले लिने सहमति भएको छ ।

जसपा उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षका एकजना मन्त्री र तीनजना राज्यमन्त्रीलाई सरकारबाट निलम्बन गरेपछि कांग्रेस र माओवादी केन्द्रसँग सत्ता सहकार्य गरेको हो ।

यो सहमतिका लागि दुवै पक्षबाट छ सदस्यीय कार्यदल गठन भएको थियो । बिहान एकपटक कार्यदलको पुनः बैठक बस्नेछ भने सहमतिलाई अन्तिम रुप दिइ सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।

त्यसपछि साँझमा नवनियुक्त मन्त्रीको शपथ हुने बताइएको छ । स्रोतका अनुसार काँग्रेसबाट रामसरोज यादवको नेतृत्वमा र माओवादी केन्द्रबाट भरत साहको नेतृत्वमा सरकारमा सहभागी हुने बताइएको छ । यसअघि मन्त्रालयलगायतका विषयमा काँग्रेससँग विभिन्न चरण छलछल भएपनि ठोस सहमति हुन सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय