सोमबार , असार ७, २०७८

मुख्यमन्त्रीलाई विश्वासको मत नदिने एमाले प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण

मुख्यमन्त्रीलाई विश्वासको मत नदिने एमाले प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण

२५ जेठ, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने नेकपा ‘एमाले’ का प्रदेशसभा सदस्यलाई आज स्पष्टीकरण सोधिएको छ ।

एमालेको प्रदेश संसदीय दलको बैठकले गरेको निर्णय र ह्विप विपरीत मुख्यमन्त्रीका विपक्षमा मतदान गर्ने सात सदस्यलाई संसदीय दलका नेता प्रकाशबहादुर शाहले २४ घण्टे स्पष्टीकरण सोधेको संसदीय दलका प्रमुख सचेतक दुर्गाकुमारी कामीले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

विपक्षमा मतदान गर्नेमा नेपालु चौधरी, गेल्बुसिंह बोहरा, लीलाधर भट्ट, रतनबहादुर थापा, माया तामाङ, पठानसिंह बोहरा र बलदेव रेग्मी रहेको जनाइएको छ । माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारका मुख्यमन्त्री पक्षमा संसदीय दलको निर्णयानुसार एमालेका १७ जनाले भने मत दिएका छन् ।

एमाले स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । प्रदेश एमाले संसदीय दलमा पूर्वनेता माधवकुमार नेपाल पक्षको बहुमत छ । मुख्यमन्त्री भट्ट सत्तासाझेदार दल एमालेमा उत्पन्न आन्तरिक किचलोका बीच सदनबाट विश्वासको मत लिन सफल लिएका छन् । उनले प्रदेशसभाका ५२ सदस्यमध्ये बहुमत अर्थात् ३० मत पाएका छन् ।

एमालेका सात र राजपाका दुई गरी नौ जनाले विपक्षमा मत दिए । बाह्र सदस्य रहेको नेपाली कांग्रेस तटस्थ बसेको थियो । प्रदेशसभामा एमालेका सभामुखसहित २५ र माओवादी केन्द्रका १३ सदस्य छन् । सरकार गठनको तीन वर्ष पूरा हुँदा मुख्यमन्त्रीले प्रदेशसभामा आज पहिलो पटक विश्वासको मत लिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

तपाईको आजको राशीफल कस्तो छ ? तपाईको आजको राशीफल कस्तो छ ? ७ घण्टा पहिले
खेल मैदान निर्माणमा विवाद हुँदा वडा कार्यालयमा तालाबन्दी खेल मैदान निर्माणमा विवाद हुँदा वडा कार्यालयमा तालाबन्दी ३ घण्टा पहिले
तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग ३ घण्टा पहिले
स्याङ्जामा केही खुकुलो हुँदै असार १५ सम्म लम्बियो निषेधाज्ञा स्याङ्जामा केही खुकुलो हुँदै असार १५ सम्म लम्बियो निषेधाज्ञा १७ घण्टा पहिले
मलाई त तै सुवा मन पडी बजारमा सार्वजनिक मलाई त तै सुवा मन पडी बजारमा सार्वजनिक ६ मिनेट पहिले
सल्लेरीका विस्थापित परिवारलाई हेलिकप्टरबाट राहत सामग्री पुर्याइयो सल्लेरीका विस्थापित परिवारलाई हेलिकप्टरबाट राहत सामग्री पुर्याइयो १५ मिनेट पहिले
योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति ६ घण्टा पहिले
देउवा प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफलमा देउवा प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफलमा ३ घण्टा पहिले
चार वाणिज्य बैंकसहित ११ कम्पनीको उच्च शेयर माग, कुनको कति ? चार वाणिज्य बैंकसहित ११ कम्पनीको उच्च शेयर माग, कुनको कति ? ५ दिन पहिले
टुकोनको ४५ सदस्सीय केन्द्रीय कार्य समिति सर्वसम्मत निर्वाचित टुकोनको ४५ सदस्सीय केन्द्रीय कार्य समिति सर्वसम्मत निर्वाचित ४ दिन पहिले
समस्त उद्योगी तथा व्यवसायीलाई खोप सुबिधा उपलब्ध गराइ दिन चेम्वरको आग्रह समस्त उद्योगी तथा व्यवसायीलाई खोप सुबिधा उपलब्ध गराइ दिन चेम्वरको आग्रह ५ दिन पहिले
पारच्याङमा पहिलोपटक एम्बुलेन्स सेवा सञ्चालन पारच्याङमा पहिलोपटक एम्बुलेन्स सेवा सञ्चालन ७ दिन पहिले
बाराको जगदम्बा कारखानामा आगलागी : २ मजदुरको मृत्यु, ३ घाइते ! बाराको जगदम्बा कारखानामा आगलागी : २ मजदुरको मृत्यु, ३ घाइते ! २ दिन पहिले
सुनकोशीमा तीन जनाकाे बेवारिसे शव भेटियाे सुनकोशीमा तीन जनाकाे बेवारिसे शव भेटियाे ५ दिन पहिले
इन्डोनेसियामा शक्तिशाली भूकम्प, क्षतिकाे विवरण आउन बाँकी इन्डोनेसियामा शक्तिशाली भूकम्प, क्षतिकाे विवरण आउन बाँकी ५ दिन पहिले
करिब २ प्रतिशतले घटेको बजारमा यी कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? करिब २ प्रतिशतले घटेको बजारमा यी कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? ५ दिन पहिले