मंगलबार , असार १, २०७८

ओलम्पिक खेलकुदमा २९ शरणार्थी खेलाडीले प्रतिस्पर्धा गर्ने

ओलम्पिक खेलकुदमा २९ शरणार्थी खेलाडीले प्रतिस्पर्धा गर्ने

२५ जेठ, काठमााडौं । जापानको टोकियोमा आयोजना हुने ओलम्पिक खेलकुदमा २९ शरणार्थी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।अन्तराष्ट्रिय ओलम्पिक कमिटिले टोकियो ओलम्पिकमा २९ शरणार्थी खेलाडीले १२ खेलमा प्रतिस्पर्धा गर्ने जनाएको छ ।

ओलम्पिकको झण्डामुनि रहेर उनीहरुले प्रतिस्पर्धा गर्ने छन् । शरणार्थी खेलाडीहरु सिरिया, इरान, दक्षिण सुडान, अफगानिस्तान र इरिट्रियाका रहेको बताईएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

ब्राजिलमा सन् २०१६ मा आयोजना भएको रियो ओलम्पिकमा १० शरणार्थी खेलाडीले प्रतिस्पर्धा गरेका थिए । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।

विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ । जसमा फुटबल र बेसबल रहेको छ । औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय