सोमबार , असार ७, २०७८

मन्त्रिमण्डल विस्तार गर्दै ओली, गृहमा बस्नेतको दावी अरु को बन्दैछन् मन्त्री ?

मन्त्रिमण्डल विस्तार गर्दै ओली, गृहमा बस्नेतको दावी अरु को बन्दैछन् मन्त्री ?

२६ जेठ,काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारलाई पूर्णता दिन मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । आफुले राखेको ६ बुँदे प्रस्तावमा माधव कुमार नेपाल पक्षको जवाफ र सुदुरपश्चिम प्रदेश सरकारलाई जोगाउन नेपाल पक्षले खेलेको भूमिकाबाट एकता टरेको निश्कर्ष निकाल्दै प्रधानमन्त्री ओली मन्त्रिपरिषद विस्तारको गृहकार्यमा लागेका हुन ।

गत शुक्रबार मन्त्रिपरिषद पुनर्गठन हुँदा एमालेकै नेपाल पक्षलाई समेट्न भन्दै प्रधानमन्त्री ओलीले सात मन्त्रालय आफैंसँग राखेको बताइएको थियो । त्यसै अनुसार पार्टी एकताको आह्वान गर्दै ६ बुँदे प्रस्ताव पनि अघि सारेका थिए ।  नेपाल पक्षले भने ओलीको उक्त प्रस्ताव बेइमानी, जालझेलपूर्ण, कपट र दुराशयुक्त भएको भन्दै अस्वीकार गरिसकेकोले नेपाल पक्ष सरकारमा आउने संभावना छैन ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

को को बन्दैछन् मन्त्री ?

रक्षा र गृहसहित ७ मन्त्रालय मात्र खाली छन् । जसमध्ये रक्षा मन्त्रालय ओली आफैले राख्नेछन् । बाँकी ६ मन्त्रालय विस्तार गर्न  लागेका हुन । अब विस्तार गरिने मन्त्रिपरिषदमा प्रायजसो प्रधानमन्त्री ओली निकट रहने छन् । महेश बस्नेत, गोकुल बाँस्कोटा, विशाल भट्टराइ लगायत नै मन्त्री बन्ने चर्चा बढी रहेको छ ।

Mahesh Basnet

गृहमन्त्रीमा महेश बस्नेतले दावी गरेका छन् । उनले गृहमन्त्री बाहेक अन्य मन्त्रालयमा नजाने बताएका छन् । जसपा नेता अपरहणदेखि विभाजनको बाटोमा पुर्याउन बस्नेतको भूमिकाकाे उच्चसम्मान गर्दै प्रधानमन्त्री ओलीले बस्नेतलाई मन्त्री उपहार दिन चाहन्छन् । जसपा नेताहरुलाई रिसोर्टमा राखेर ‘बा’ को सरकार आफैले जोगाएको भन्दै गृहमन्त्री आफुले पाउनु पर्ने दावी बस्नेतको छ ।

तर राष्ट्रपति कार्यालयबाट भने बस्नेतलाई गृहमन्त्रालय प्रवेशका लागि हरियो बत्ति नबालिएका कारण उनले गृहमन्त्री पाउने संभावना कम रहेको एमाले नेताहरुले बताएका छन् । बस्नेतसँगै खगराज अधिकारी र कर्णबहादुर थापा पनि गृहमन्त्रीको दौडमा छन् ।

यसैगरी नयाँ अन्य मन्त्रालयका लागि पूर्वमन्त्री गोकुल बाँस्कोटका साथै विशाल भट्टराई, राजेन्द्र गौतम, नारदमुनि राना, शान्ता चौधरी, निरुदेवी पाल, विमला राई पौडेल, किसान श्रेष्ठ, राजेन्द्र राई, कृष्णभक्त पोखरेल, ध्रुव शाही, पार्वती विशुंखेलगायत नाम चर्चामा रहेको छ ।

त्यसो त अब हुने मन्त्रिमण्डल विस्तारमा परिने आशा माओवादी केन्द्रबाट एमालेमा आएका पाहुना नेताहरु टोपबहादुर रायमाझी र रामबहादुर थापाहरुले पनि गरेका छन् । मन्त्रीमण्डल विस्तारमा पूर्व माओवादी पक्षलाई पनि ओलीले समेटने बताएका छन् । तर अदालतले उनीहरूलाई मन्त्री बन्न राेकेकाे छ । उनीहरुले पनि मन्त्री बनाउने आश गरी बसेकाले साे पक्षबाट कम्तिमा २ जनासम्म मन्त्री नियुक्न गर्न तयारी ओलीको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

चीनले लगायो एक अर्ब डोज खोप चीनले लगायो एक अर्ब डोज खोप १५ घण्टा पहिले
कोरोनाको मुख्यथलो बन्दै रोपाइँ कोरोनाको मुख्यथलो बन्दै रोपाइँ ३६ मिनेट पहिले
वनहराका मुक्त कमैयालाई घर खर्च चलाउन धौधौ वनहराका मुक्त कमैयालाई घर खर्च चलाउन धौधौ ३ घण्टा पहिले
अमेरिकाको अलाबामामा भएको दुर्घटनामा परी ९ बालबालिकासहित १० को मृत्यु अमेरिकाको अलाबामामा भएको दुर्घटनामा परी ९ बालबालिकासहित १० को मृत्यु १ घण्टा पहिले
अष्ट्रेलियाको सिमाना खुल्ला गर्न हतार छैनः व्यापार मन्त्री अष्ट्रेलियाको सिमाना खुल्ला गर्न हतार छैनः व्यापार मन्त्री २३ घण्टा पहिले
पोखरा–बाग्लुङ सडकखण्डमा दुर्घटना हुँदा दुईको मृत्यु पोखरा–बाग्लुङ सडकखण्डमा दुर्घटना हुँदा दुईको मृत्यु ४ घण्टा पहिले
माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार १९ घण्टा पहिले
तीन हाइड्रो कम्पनीको शेयरमूल्यमा उच्च गिरावट, शेयरमूल्य कति ? तीन हाइड्रो कम्पनीको शेयरमूल्यमा उच्च गिरावट, शेयरमूल्य कति ? २४ घण्टा पहिले