योगेश भट्टराई तनावमा
नेपालबहस संवाददाता
जेठ २६, २०७८ बुधबार १८:५३:२३
२६ जेठ, काठमाडौं । एमालेलाई विभाजनको डिलबाट फर्काउने अभियानमा लागेका माधव नेपाल पक्षीय भनिने केही नेताहरुलाई यतिखेर ठूलै धर्मसंकट परेको छ । खासगरी योगेश भट्टराई धेरै तनावमा छन् ।
झलनाथ खनाल, माधवकुमार नेपाल लगायत ११ जना नेतालाई पार्टीको साधारण सदस्यताबाट समेत निष्काशन गरिएपछि विभाजनको संघारमै पुगेको पार्टीलाई जोगाउने अभियान भट्टराईले थाले । यसक्रममा उनले गोकर्ण विष्ट र घनश्याम भूषालसँग घनिभूत छलफल थाले । लगत्तै सुरेन्द्र पाण्डेलाई समेत अभियानमा जोडियो ।
त्यसपछि उनीहरु प्रधानमन्त्री केपी ओली पक्षका नेताहरु विष्णु पौडेल, सुभाषचन्द्र नेम्बाङ, प्रदीपकुमार ज्ञवाली र विष्णु रिमालसँग छलफल गर्न कस्सिए । यसैक्रममा योगेशले प्रधानमन्त्री ओलीसँग वान टू वान टक गरे । ओलीसँग योगेशले एमालेको पुरानो संरचना व्यूँताउने गरी आह्वान गर्न आग्रह गरे । माधव नेपाललाई मिलाउने जिम्मा आफूले लिने पनि बताए । सोही बमोजिक ओलीले भोलिपल्ट अबेर ६ बूँदे आह्वानपत्र सार्वजनिक गरे ।
सर्सर्ती हेर्दा र पढ्दा ओलीले माधव पक्षले उठाएका सबै माग पूरा गर्ने इमान्दार प्रयत्न गरेको भान पर्ने गरी भाषाको प्रयोग भएको लाग्यो । ओलीको बक्तव्य आउने वित्तिकै योगेशले त्यसको स्वागत नै गरे । साथै, चार जना नेताहरुको एकमत बनाउने प्रयास थाले । तर उनीहरुले ओलीले प्रयोग गरेको भाषाको रौंकेस्रा भने केलाएनन् ।
भोलिपल्ट यसबारे छलफल गर्न बोलाइएको स्थायी कमिटी बैठकमा भीम रावल र बेदूराम भूषालले ओलीको छ बूँदे प्रस्तावको अन्तर्यको सुक्ष्म विश्लेषण गर्दा मात्रै योगेशलगायत नेताहरु आश्चार्यमा परे । वास्तवमा ओलीले शब्द शव्दमा खेल्न खोजेको उनीहरुले चाल पाए । त्यसपछि भने ओलीको प्रस्ताव नक्कली ,अल्मल्याउने आफैंमा फुट पैदा गर्ने उद्येश्यले ल्याइएको निश्कर्ष निकालियो । त्यसको जवाफमा नेता नेपालले प्रत्येक बूँदाको खण्डन गर्ने सहमति भयो ।
तर योगेशलगायत चारजना नेताहरु भने अब कसरी एकता जोगाउने भन्ने समस्यामा परेका छन् । अझै यसको ठूलो चोट त योगेशलाई परेको छ । ओलीले महन्थ–राजेन्द्र पक्षलाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गर्दा नै योगेश र गोकर्णलाई ल्याउन चाहन्थे । त्यसबखत सम्भव भएन । तर ओलीको ६ बूँदे प्रस्तावपछि भने वातावरण सहज हुने अनि मात्रै योगश र गोकर्णलाई भित्र्याउने समझदारी नै बनेको थियो ।
तर त्यस्तो सहज वातावरण बनेन । त्यसैले ओली पनि अब आफ्नै बाटो लाग्ने निश्कर्षमा पुगेका छन् । बाँकी सात वटा मन्त्रालयमा आज भोलि नै मन्त्री थप्ने उनको तयारी छ । योगेश भने यो अवस्थामा के गर्ने भन्नेमा अझै अन्योल र द्विविधामै रहेका छन् ।
त्यसैले आज आफ्नो कुण्ठा पोख्दै उनले सामाजिक सञ्जालमा एमालेमा एकता नहुनुको कारण उनले तीनजना शीर्ष नेतालाई देखाएका छन् ।उनले सामाजिक सञ्जालमा लेखेका छन् – कम्रेड केपी ओलीलाई झलनाथ र माधव भन्दा महन्थ र राजेन्द्र प्यारो अनि झलनाथ र माधवलाई केपी भन्दा शेरबहादुर र प्रचण्ड प्यारो , त्यसो भएपछि कहाँ हुन्छ पार्टी एकता ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
हुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै
जेठ १, २०८१ मंगलबार
विदेशी लगानी भित्र्याउन तीन वर्षदेखि रोकिएको कन्ट्री रेटिङको काम अघि बढाइने
जेठ १, २०८१ मंगलबार
बन्दुक तथा धारिलो हतियार देखाई चोरी गर्ने दुई जना पक्राउ
जेठ १, २०८१ मंगलबार
वन्यजन्तुबाट बालीनालीमा हुने क्षति नियन्त्रण गरिने
जेठ १, २०८१ मंगलबार