मंगलबार , असार ८, २०७८

भर्खरै मुटुको अपरेशन गरेका युवा नेता शाही जोखिम मोलेर सामाजिक कार्यमा सक्रिय

भर्खरै मुटुको अपरेशन गरेका युवा नेता शाही जोखिम मोलेर सामाजिक कार्यमा सक्रिय

२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले निषेधाज्ञाको कारण समस्यामा परेका नागरिकहरुलाई भोकै पर्न नदिन काठमाडौं नयाँ बसपार्क, माछापोखरीमा निःशुल्क रुपमा बिहान र साँझको खाना वितरण अभियान सुरु गरेका छन् ।

भर्खरै मात्रै हृदयघातको अपरेशनपछि स्वास्थ्य सुधारउन्मुख रहेका नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाही तथा ऋषि कोइराला, सुमन गिरि, सुवास कट्टेल लगायतका युवा नेताहरुको सक्रियतामा निःशुल्क खाना वितरण गरिएको छ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

पहिलो लहरको कोभिड रोकथाम तथा नियन्त्रणका लागी गरिएको लकडाउनका बेलामा पनि काठमाडौं, कर्णाली र देशका विभिन्न क्षेत्रमा समस्यामा परेका नागरिकलाई राहत तथा उद्धारमा लागेका नेता शाहीलाई गत फागुन महिनामा हृदयघात भएपछि अस्पतालमा भर्ना गरी केही महिना उपचार गरिएको थियो ।

केही महिना हिँडडुल नगरी आराम गर्ने डाक्टरको सल्लाह भएपनि आफ्नो स्वास्थ्यको प्रवाह नगरि नेता शाही अहिले काठमाडौं अलपत्र तथा समस्यामा परेका नागरिकको उद्धार तथा राहतमा व्यस्त भएका छन् ।

काठमाडौं बसोबास गर्ने तर लकडाउनका कारण समस्या परेका नागरिकहरुलाई निःशुल्क खाना अभियानको आज छैटौं दिन पुगेको छ । कांग्रेस युवा नेता शाहीले भने, “सेवा नै धर्म हो ।” मानवियता, सामाजिक उत्तरदायित्व र सहयोगी भावना राखेर हामी केही युवा साथीहरुको पहलमा यही जेठ २१ गतेबाट सुरु गरिएको यो अभियान अन्तर्गत आजसम्म बिहान र साँझ गरि २५ सय भन्दा बढी ब्यक्तिहरुलाई निःशुल्क रुपमा खाना वितरण गरिएको शाहीले नेपालबहस डटकमलाई जानकारी दिएका छन् । निषेधाज्ञाको कारण समस्यामा पर्नु भएका महानुभावहरुलाई भोकै पर्न नदिन काठमाडौं नयाँ बसपार्क, माछापोखरीमा निःशुल्क रुपमा बिहान र साँझ खान वितरण सुरु गरिएको नेता शाहीले बताए।

bhupendra shahi

नेपाल तरुण दलका महासचिव समेत रहेका यूवा नेता शाहीले भने, “राष्ट्रिय संकट र महामारीमा राजनीतिक दलहरु र सामाजिक अगुवाहरु घरमा सुतेर बस्नु दुःखद बिषय हो ।” वास्तवमा सरकार, राज्य, पार्टीहरु, नेताहरु, नागरिक अगुवाहरु चाहिने भनेकै जनतालाई दुख, पीडा र अप्ठ्यारो पर्दा नै हो तर अहिले कोरोना महामारीमा नेपाली नागरिकहरु हस्पिटलमा छटपटाई रहँदा जिम्मेवार पक्षहरु रमिता हेरेर बस्नु दुर्भग्य भएको उनले बताए ।

बीपी स्टडी युथ सर्कल बागमती प्रदेश अध्यक्ष सुमन गिरि र नुवाकोट अध्यक्ष सुवास पुरीको विशेष संयोजनमा नेपाली कांग्रेसका प्रभावशाली युवा नेता शाही अनि बीपी युथ सर्कलका केन्द्रीय अध्यक्ष ऋषि कोइरला लगायतले सुरु गरेको यो निःशुल्क खाना वितरण अभियान निषेधाज्ञा अवधिभर जारी रहने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल समूहमा फूट आउने संकेत: गोकर्ण– योगेशको एउटै मत, घनश्याम र सुरेन्द्र द्धिविधामा नेपाल समूहमा फूट आउने संकेत: गोकर्ण– योगेशको एउटै मत, घनश्याम र सुरेन्द्र द्धिविधामा २ हप्ता पहिले
आज साँझ मन्त्रिपरिषदको बैठक बस्दै आज साँझ मन्त्रिपरिषदको बैठक बस्दै ३ हप्ता पहिले
बजेटमा खोपलाई पहिलो प्राथमिकता दिन आग्रह बजेटमा खोपलाई पहिलो प्राथमिकता दिन आग्रह १ हप्ता पहिले
काेराेनाकाे नाममा स्पर्श मल्टिस्प्यासिलिटी अस्पतालले बिरामीसँग लाखौँ रुपैयाँ असुल्दै काेराेनाकाे नाममा स्पर्श मल्टिस्प्यासिलिटी अस्पतालले बिरामीसँग लाखौँ रुपैयाँ असुल्दै ५ दिन पहिले
गोखार्ज फाइनान्सको शेयरमूल्यमा उच्च दरले गिरावट, प्रतिशेयरमूल्य कति ? गोखार्ज फाइनान्सको शेयरमूल्यमा उच्च दरले गिरावट, प्रतिशेयरमूल्य कति ? ११ घण्टा पहिले
फाइजरको खोप चाडै नै बालबालिकालाई लगाइने फाइजरको खोप चाडै नै बालबालिकालाई लगाइने ४ हप्ता पहिले
बाढीले महाकाली नदीमा निर्माण भइरहेको पुलको बाँध बगायो बाढीले महाकाली नदीमा निर्माण भइरहेको पुलको बाँध बगायो २ दिन पहिले
कांग्रेस महाधिवेशन नहुने, एक वर्षका लागि सहमतिमा पदाधिकारी कांग्रेस महाधिवेशन नहुने, एक वर्षका लागि सहमतिमा पदाधिकारी ४ हप्ता पहिले