मंगलबार , असार ८, २०७८

भारतमा दैनिक संक्रमितको संख्या घट्न थाल्यो

भारतमा दैनिक संक्रमितको संख्या घट्न थाल्यो

२६ जेठ, नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको दोस्रो लहरबाट दैनिक संक्रमितको सङ्ख्या एक लाखभन्दा कम हुन थालेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ५९६ जना कोरोना भाइरसबाट संक्रमित थपिएका छन् ।

लामो समयपछि दैनिक संक्रमितको सङ्ख्या एक लाखभन्दा कम भएको यो दोस्रो दिन भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

भारतमा यसअघि मंगलबार सार्वजनिक गरिएको विवरणमा एक दिनमा ८६ हजार ४९८ जना संक्रमित भएको देखाइएको थियो । त्यसैगरी त्योभन्दा अघिल्लो दिन सोमबार एक लाख ६३६ जना संक्रमित भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितहरुको कुल सङ्ख्या दुई करोड ९० लाख ८९ हजार ६९ पुगेको छ । मन्त्रालयका अनुसार भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १२ लाख ३१ हजार ४१५ रहेको छ ।

भारतमा कोरोना भाइरसबाट संक्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या दुई करोड ७५ लाख चार हजार १२६ रहेको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी कोरोनाका कारण कुल दुई हजार २१९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या तीन लाख ५२ हजार ५२८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय